नेपालगन्ज: नयाँ वर्ष २०७६ लाई लक्षित गर्दे नेपालगन्ज स्थित होटल सिद्धार्थले सिद्धार्थ न्यू ईएर इभको आयोजना गर्दैछ । नेपाली नयाँ वर्षको पूर्व सन्ध्यामा आयोजना गरिने सो सांगेतिक न्यू इयर इभको सवै तयारी भइसकेको सिद्धार्थ होटलले जनाएकोछ ।
नेपाली सांगेतिक क्षेत्रमा चर्चित दिपक बज्रचार्य र उनको समूहको बेजोड प्रस्तुती रहने समेत आयोजक सिद्धार्थले जनाएकोछ । नेपालगन्ज कारकाँदो स्थित रहेको होटल सिद्धार्थ परिसरमा आयोजना हुने सो न्यू इयर इभमा सहभागि हुन समेत सवैलाई आग्रह गरिएको छ ।टुबोर्ग बियर, सिग्नेचर, सोना, प्रभु बैंक र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले सहकार्य गरेकाछन् ।