नेपालगन्ज: बालमैत्री अभियान अन्र्तगत वडा स्तरीय बालक्लब सञ्जालका पदाधिकारीलाई एक दिने अभिमुखिकरण प्रदान गरिइएकोछ ।
बालक्लब ब्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धि एक दिने अभिमुखिकरण अन्र्तगत वडामा रहेका विभिन्न बालक्लबका पदाधिकारीहरुलाई अभिमुखिकरण प्रदान गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिका १ नम्बर वडा समितिको आयोजना तथा वडा स्तरीय बालक्लब सञ्जाल वडा नम्बर १ को आयोजनामा आज शुक्रबार अभिमुखिकरण सञ्चालन गरिएको थियो ।
बालक्लबका पदाधिकारीहरुलाई दुई चरणमा सो अभिमुखिकरण प्रदान गरिने सञ्जालकी अध्यक्ष सिमरन थापाले जानकारी दिइन । उनले भनिन वडाकार्यालयको बालमैत्री अभियान अन्र्तगत सो अभिमुखिकरण गरिएको हो । जहाँ वडाका १५ बालक्लबका ७० बढि बालबालिकाले अभिमुखिकरण लिने विश्वास गरिएकोछ ।

बालअधिकारकर्मी विजय मल्लद्वारा प्रशिक्षण गरिएको सो अभिमुखिकरणमा बालक्लब ब्यवस्थापन कसरी गर्ने, केके कुरामा ध्यायन दिने, रेकर्ड कसरी राख्ने, नेतृत्व के हो, कुसल नेतृत्व कसरी गर्ने, नेतृत्वकर्तामा हुनुपर्ने गुण लगायतका विषयमा प्रशिक्षण गरिएको सञ्जालकी सहसचिव देवयानी अधिकारीले बताइन् ।
