२०७६ लाई वालमैत्री वर्षका रुपमा मनाईदै


२०७६ लाई वालमैत्री वर्षका रुपमा मनाईदै

नेपालगन्ज: नेपागन्ज उपमहानगरपालिका वडा नम्बर १ ले २०७६ साललाई बालमैत्री वर्षका रुपमा मनाउनेभएकोछ । वडालाई उपमहानगरपालिकाको पहिलो बालमैत्री वडामा रुपान्तरण गर्न बालमैत्री वर्षका रुपमा मनाउन वडा नम्बर १ले आफ्नो तयारी समेत गरेकोछ ।
शनिबार नेपालगन्जमा आयोजित बालमैत्री अभियान अन्र्तगत वडा नम्बर १ ले यस्तो निर्णय गरेको नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता एवंम वडा नम्बर १ का वडाअध्यक्ष प्रमोद रिजालले सो उद्घोष गरेका हुन् ।

प्रवक्ता एवं वडा अध्यक्ष रिजालले भने हामी बालबालिकाका सवालमा गम्भीर मात्र भएका छैनौ, वडालाई कसरी बालमैत्री वडामा परिणत गर्न सकिन्छ त्यस विषयमा गृहकार्य समेत गरेकाछौं । वडाका अधिकासं सूचकहरु पुरा भएकाछन्, नेपालगन्ज उपमहानगरपालिकालाई यसअघि सन् २०१७ सम्म बालमैत्र नगरपालिकाका घोषणा गर्ने नगरपालिकाले निर्णय गरेको थियो । तर, साविकका १० वटा गाविस गाभिएर बनेको उपमहानगरपालिकाले सो लक्ष्या पूर्व निर्धारित समयमा पुरा गर्न सकेको थिएन ।

बालमैत्री वडा निर्माणमा सम्बद्ध सवै सरोकारवालाको भूमिका अपिहार्य भएको भन्दै प्रवक्ता एवम वडा अध्यक्ष रिजालले भने बालमैत्रीको विभिन्न पाटाहरुलाई हामीले सूक्ष्मरुपमा अध्ययन गरिरहेकाछौं, छिटै नै यस विषयमा थप छलफल पश्चात कार्ययोजना सार्वजनिक गर्नेछौं ।
१ नम्बर वडा समितिको कार्यालयको आयोजनामा १ नम्बर वडा स्तरीय बालक्लब सञ्जालको आयोजनामा आयोजित बालक्लब ब्यवस्थापन तथा नेतृत्व विकास अभिमुखिकरणको समापनमा उनले सो कुरा उद्घोष गरेका हुन् ।

वडास्तरीय बालक्लब सञ्जालका अध्यक्ष सिमरन थापाले हामी बालबालिकाको अर्थपूर्ण सहभागिता विना बालमैत्री वडामा परिणत हुन नसक्ने हुदाँ बालक्लब परिचालनलाई विशेष ग्राहयताका साथ अघि बढेको समेत बताईन् । बालक्लबका बालबालिकाको क्षमता अभिबृद्धिसगै वडा कार्यालय र वडा बालक्लब सञ्जालले लिएको उद्देश्यमाथि प्रकास पार्दै सञ्जाल अध्यक्षले भनिन् यतिवेला वडामा बालमैत्री अभियानको लहर चलेकोछ, सवैको साथ सहयोग आवश्यकछ ।

दुई चरणमा आयोजित सो अभिमुखिकरणमा बालअधिकारकर्मी विजय मल्लले प्रशिक्षण गरेको थिए । उनले बालक्लब ब्यवस्थापन कसरी गर्न सकिन्छ, पदिय जिम्मेवारी र दायित्व, बालक्लबले गर्नहुने कार्य, कुसल नेतृत्व कसरी गर्ने, नेतृत्वका गुण लगायत विषयमा प्रशिक्षण गरेको सञ्जालकी सहसचिव देवयानी अधिकारीले बताईन ।

सो अभिमुखिकरणमा उपस्थित बालबालिका तथा वडा अध्यक्षले नेपाली नयाँ वर्ष २०७६ शुभकामना समेत दिएका थिए । कार्यक्रममा विभिन्न बालक्लबका ४० बढि बालबालिकाको सहभागिता रहेको थियो । उनीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।