नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ ले वडाको सरसफाईमा तदारुक्ता देखाएको छ । वडाको सरसफाईलाई मध्यनजर गर्दै आजबाट सरसफाई अभियानलाई अघि बढाएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले वडा सरसफाईको औपचारिक उद्घाटन गरेका हुन् । नगर सरसफाईलाई मध्यनजर राख्दै वडाले थालेको अभियानाको प्रसंशा गर्दै उपमहानगरपालिका प्रमुख राणाले वडा नम्बर एकबाट अन्य वडाले केही सिक्नुपर्ने बताए । उनले भने नगरको सरसफाईमा उपमहानगरपालिकाको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै प्रत्येक वडाबासीले आफै अघि बढ्नुपर्ने बताए । अब नगरको सवै फोहोरहरु ब्यवस्थापन हुनेछ, नगरबासीलाई यो विषयमा कडाई समेत गरिने प्रमुख राणाले बताए ।
वडाबासीको स्वास्थ्य, सरसफाई तथा हरियालीलाई जोड दिदै सो अभियानलाई अगाडी बढाइएको नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता एवंम १ नम्बर वडा अध्यक्ष प्रमोद रिजालले बताए । उनले भने हामीले यो अभियानका क्रममा पहिलो चरणमा तीन महिनाका लागि सस्थागतरुपमा जिम्मेवारी दिएका छौं ।
अध्यक्ष रिजालले भने सरसफाईका लागि सवैवडाबासीमा जनचेतना जगाईनेछ, वडामा भएका बालक्लब, युवाक्लब तथा विभिन्न सामाजिक संघसस्थाहरुसगं सहकार्य गरिनेछ । वडाले चालेको सरसफाई अभियान कार्यविपरित कसैले पनि कार्य गरेमा वडाबाट प्रदान गरिने सेवाबाट बन्चित गरिनेछ ।
वडाको सरसफाईका लागि वडाले ट्याक्टर र हाइड्रोलिक जडान ट्रली करिब साढे १२ लाखमा खरिद गरिएको हो । स्वच्छ नेपाल अभियान नामक सस्थासंग सहकार्य गरिएको छ । पहिलो चरणमा ग्राहककार्ड वितरण गरिनेछ, फोहोर उठाउन सिटी फुक्दै विहानै ट्रयाक्टर वडाबासीको घरआँगनमा आउनेछ ।
स्वच्छ, सफा र सुन्दर सहर वडाबासीको रहर नारा दिइएको सो अभियान अन्र्तगत यतिवेला वडाका विभिन्न स्थानमा सय बढि गमला राखिएकोछ । यही आर्थिक वर्ष भित्र ४ सय गमला राखिने समेत प्रवक्ता एवम वडा अध्यक्ष रिजालले बताए ।