मौसम खराबीले प्रधानमन्त्रीको जहाज उडे्न


मौसम खराबीले प्रधानमन्त्रीको जहाज उडे्न

नेपालगन्ज : हेलिकोप्टरबाट नेपालगन्ज आएका प्रधानमन्त्री केपी शर्मा ओलीको हावाहुरीका कारण काठमाडौं फर्किने कार्यक्रम स्थगित गरिएको छ । हावाहुरीका कारण कुनै पनि उडान हुन नसक्ने भएपछि प्रधानमन्त्री नेपालगन्जमै रोकिएका हुन् ।

भेरी बबईको ब्रेक थ्रु गरेर नेपालगन्जस्थित होटेल सोल्टीको उद्घाटन गर्न आएका प्रधानमन्त्री ओली नियमित उडानमा काठमाडौं फर्किने तयारीमा थिए । तर, बुद्ध एयरलाइन्स, यति एयरलाइन्स लगायतका कुनै पनि उडान हुन नसकेपछि उनी नेपालगन्जमै रोकिन पुगेका हुन् । प्रधानमन्त्री ओली उडान स्थगित भएपछि मंगलबार भएको होटेल सोल्टीमा छन् । उक्त होटेलमा पूर्वराजा ज्ञानेन्द्र शाहको समेत लगानी रहेको छ ।

नेपालगन्जबाट मंगलबार दिउँसो हुने सबै उडान र अवतरणहरु स्थगित गरिएको नेपालगन्ज विमानस्थलका प्रमुख प्रेम ठाकुरले जानकारी दिए । काठमाडौंबाट नेपालगन्जका लागि उडेका बुद्ध एयरलाइन्स र यति एयरलाइन्सका बिमानहरु पनि चितवनबाट डाइभर्ट गरिएको ठाकुरले बताए ।
यसैबिच सिक्टा सिंचाई आयोजनाको नहर निरीक्षक गर्ने प्रधानमन्त्री ओलीको कार्यक्रम पनि स्थगीत भएको छ । मौसम खराबीका कारण आन्तरिक उडान समेत हुननसकेपछि उक्त कार्यक्रम पनि स्थगीत भएको हो ।

काठमाडौंमा रहेको हेकिप्टर मौसम खराबीकोक ारण देखाउँदै नेपालगन्ज् आउन सकेनन् । नेपालगन्ज विमानस्थलमा अर्को विकल्प छैन् बाँकेका प्रहरी प्रमुख एसपी अरूण पोडेलले भने ‘प्रधानमन्त्री ओलीको सिक्टा नहर निरीक्षणसँगै काठमाडौं फर्किने कर्यक्रम स्थगीत भयो ।’ भेरी बबई आयोजनाको ‘ब्रेक थु्र’पछि सिक्टाको निरीक्षण गर्ने र होटल सोल्टीको उद्घाटन गरी काठमाडौ फकिने कार्यक्रम तय भएको थियो । प्रधानमन्त्री ओलीले होटल सोल्टीको भने उद्घाटन गरेका छन् । मंगलबार नै प्रधानमन्त्री ओलीले भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको पनि ‘ब्रेक थ्रु’ गरेका छन् । टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा निर्माण भएको सुरुङ प्रधानमन्त्री ओलीले मंगलबार ‘ब्रेक थ्रु’ गरेका हुन् ।