बन्द, हडताल नगरिदिन आग्रह


बन्द, हडताल नगरिदिन आग्रह

नेपालगन्ज: राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले आठौं खेलकुद प्रतियोगिता अवधिभरमा बन्द हडताल लगायतका कुनैपनि गतिविधि नगरिदिन राजनितिक दलहरुलाई आग्रह गरेका छन् ।

विशेषगरि नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेकपालाई पूर्वनिर्धारित बन्द हडताल लगायतका कार्यक्रम घोषणा गरिएको भए उक्त अवधिभरका लागि फिर्ता लिई आठौं राष्ट्रिय खेलकुद समपन्न गर्ने कार्यमा सहयोग गरिदिन उनले अनुरोध समेत गरेकाछन् ।

मङगलबार एक विज्ञप्ती प्रकाशन गरि सदस्य सचिव विष्टले बैशाख ५ देखि ११ गतेको अवधिमा सम्पन्न हुने प्रतियोगिताका लागि खेलाडीहरु बाहिरी जिल्लाबाट आउने र खेल सक्काएका खेलाडीहरु फर्किने भएकै कारण यो समयमा बन्द हडताल नगरिदिनहुन आग्रह गरेका हुन् ।

आठौं राष्ट्रिय खेलकुदमा ३५ खेल समावेश छन् । २ हजार ८ सय २५ पुरुष तथा २ हजार ३ सय ८६ महिला खेलाडी सहभागी छन् । आठौं राष्ट्रिय खेलकुदमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्राविधिकगरी करिब दश हजार जनाको प्रत्यक्ष सहभागि हुनेछन् ।