झापा २६ जेठ : इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा मृत्यु भएको छ ।
५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राईको मंगलबार मृत्यु भएको हो ।
दुवैले गत शनिबार इलाम नगरपालिका वडा नम्बर ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार टीकाबहादुरको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।
यस्तै जीतबहादुरको आफ्नै घरमा मृत्यु भएको हो ।
वीरमान र उनकी पत्नी विष्णुकुमारी पनि बिरामी छन् । उनीहरूलाई बिएण्डसी हस्पिटलमा उपचारका लागि ल्याइएको थियो । उपचारपछि उनीहरु घर फर्केका छन् । -रासस
लुम्बिनीमा किन भइरहेछ आनीको विरोध?
दसैंमा कर्णाली-कहर: माथितिर हिउँले छेक्यो, यता पहिराले
जनावरले खाने दाना मिसिएको भारतीय विस्कुट नेपालमा पनि प्रतिबन्ध
असोजको ‘वेष्ट पुलिस अफ द मन्थ’ दाङका एसपी श्रेष्ठलाई
रोल्पामा अटो खस्दा दुईजनाको मृत्यु, प्यूठान कारागारभित्रै मृत भेटिए कैदी
लुम्बिनीमा एक ‘भिक्षुणी’को अग्नी-परीक्षा