पुरानो नक्शा राखी नयाँ पुस्तक प्रकाशन र विक्री गर्नेमाथि कडा कारबाही गरिने


पुरानो नक्शा राखी नयाँ पुस्तक प्रकाशन र विक्री गर्नेमाथि कडा कारबाही गरिने

नेपालगन्ज २६ जेठ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्शा छापेर विक्री गरिएका पुस्तक जफत गर्न निर्देशन दिएका छन् ।

केही निजी प्रकाशकले सरकारले जारी गरेको चुच्चे नक्शा नराखी नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्शा छापेर पुस्तक विक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन् ।

पाठ्यक्रम विकास तथा मुल्याङकन परिषद्को आज सम्पन्न ८८ औं बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र विक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन् ।

‘तपाईंहरूले अनुगमन गर्नुस् । देशको आँच पुग्नेगरी पुरानो नक्शा उल्लेख गरी पुस्तक विक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्’, मन्त्री श्रेष्ठले भने ।

Kids Festival 2022
kanti aarogya hospital
add

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्शा राखी नयाँ पुस्तक विक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिएका छन् । उनले भने, ‘यस विषयमा तत्काल अनुगमन गर्नेछौँ, गल्ती गर्ने प्रकाशक र विक्रेतामथि कारबाही प्रक्रिया अघि बढाउने छौँ ।’

अधिकांश विक्रेताले नेपालको पुरानो नक्शा उल्लेख गरी विक्री गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्शा छापेर पुस्तक विक्री गरेका प्रकाशक र विक्रेतामाथि कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिए ।

बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पुस्तक अभाव हुन नदिने सुचीकृतमा परेका प्रकाशकको पुस्तक छपाइका लागि स्वीकृत दिन समेत निर्देशन दिएका छन् । बैठकले विभिन्न विषयका कक्षा ६–८को पाठयक्रम स्वीकृत गरेको छ ।