नेपालगन्ज २७ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा १८ औं पटक मन्त्रिमण्डल विस्तार गरेका छन् ।
पछिल्लोपटक जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याएका ओलीले बिहीबार ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । योसँगै कामचलाउ सरकार २५ सदस्यीय बनेको छ ।
यसैबीच आज नियुक्त भएका सात मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएका छन् ।
राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह नवनियुक्त मन्त्रीहरूलाई सपथ खुवाएकी हुन् ।
नेकपा एमाले र जसपाका गरी सात मन्त्री र एक राज्यमन्त्रीलाई आज सपथ खुवाइएको हो । आज प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीमा एमालेका खगराज अधिकारीलाई नियुक्त गरेका थिए ।
यस्तै जसपाका नेता राजकिशोर यादव उद्योग मन्त्री भएका छन् । नैनकला थापा सञ्चार मन्त्री भएकी छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी, वन मन्त्रीमा नारदमुनि राना नियुक्त भएका थिए ।
यस्तै कृषि मन्त्रीमा ज्वालाकुमारी साह, विना विभागीय मन्त्रीमा मोहन बानियाँ र वन राज्यमन्त्रीमा आशा विकले आज सपथ लिएका छन् ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल