नवनियुक्त मन्त्रीहरूले लिए सपथ


नवनियुक्त मन्त्रीहरूले लिए सपथ

नेपालगन्ज २७ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा १८ औं पटक मन्त्रिमण्डल विस्तार गरेका छन् ।

पछिल्लोपटक जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याएका ओलीले बिहीबार ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । योसँगै कामचलाउ सरकार २५ सदस्यीय बनेको छ ।

यसैबीच आज नियुक्त भएका सात मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएका छन् ।

राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह नवनियुक्त मन्त्रीहरूलाई सपथ खुवाएकी हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

नेकपा एमाले र जसपाका गरी सात मन्त्री र एक राज्यमन्त्रीलाई आज सपथ खुवाइएको हो । आज प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीमा एमालेका खगराज अधिकारीलाई नियुक्त गरेका थिए ।

यस्तै जसपाका नेता राजकिशोर यादव उद्योग मन्त्री भएका छन् । नैनकला थापा सञ्चार मन्त्री भएकी छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी, वन मन्त्रीमा नारदमुनि राना नियुक्त भएका थिए ।

यस्तै कृषि मन्त्रीमा ज्वालाकुमारी साह, विना विभागीय मन्त्रीमा मोहन बानियाँ र वन राज्यमन्त्रीमा आशा विकले आज सपथ लिएका छन् ।