काँग्रेसको १४ औं महाधिवेशन काठमाण्डौंमा, भदौ १६–१९ हुने


काँग्रेसको १४ औं महाधिवेशन काठमाण्डौंमा, भदौ १६–१९ हुने

नोपलगन्ज २९ जेठ : कोरोना भाइरस महामारिले नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति सरेको छ । काँग्रेस पदाधिकारी बैठकले भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यसअघि भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने तय थियो । आज बसेको पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका संशोधन गर्दै केन्द्रीय महाधिवेशनको मिति ९ दिन पर सारेको हो ।

संशोधित कार्यतालिकामा क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची २०७८ साल असार २० गतेभित्र केन्द्रीय समितिमा बुझाउने उल्लेख छ । त्यस्तै केन्द्रीय समितिले क्रियाशील सदस्यताको अन्तिम सूची २०७८ असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने छ ।

काँग्रेसले स्थानीय अधिवेशनहरुको मिति पनि संशोधन गरेको छ । यसअघि असार ६ गते हुने भनिएको गाउँरनगर वडा अधिवेशन अब साउन ६ गते हुने छ । गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुनेछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ । संशोधित तालिका अनुसार प्रदेश अधिवेशन २०७८ भाद्र १ र २ गते हुनेछ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले पार्टीको महाधिवेशन संशोधित कार्यतालिका अनुसार गर्ने प्रतिबद्धता समेत जनाएको छ । बैठकपछि काँंग्रेस नेता अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशन भदौमा सम्पन्न गर्न हरसम्भव प्रयास गर्न बैठकमा सहमति बनेको बताए ।