राप्रपाले जलायो ‘धर्मनिरपेक्षता’को ब्यानर


राप्रपाले जलायो ‘धर्मनिरपेक्षता’को ब्यानर

नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पाटीले धर्म निरपेक्षता लेखिएको व्यानर जलाएको छ । २२ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएको राप्रपाले शुक्रबार नेपालगन्जमा धर्म निरपेक्षता लेखेको ब्यानर जलाएर विरोध जनाएको हो ।

त्यस क्रममा प्रहरी र आन्दोलनकारीबीच आधा घण्टा सामान्य धकेलाधकेल समेत भएको थियो । प्लेकार्ड र ब्यानर सहित निस्किएको बिरोध ¥यालीले नेपालगन्जका विभिन्न स्थान परिक्रमा गरेको राप्रपाका युवा नेता ऋषिराज देवकोटाले जानकारी दिए ।

विरोध ¥यालीमा धर्मनिरपेक्षता खारेज गर, देश टुक्राउन पाइदैन लगायतका नारा समेत लगाइएको थियो । उक्त कार्यक्रममा राप्रपाका महामन्त्री तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्सेर राणा, केन्द्रीय सदस्य हिक्मत ढकाल, युवा नेता ऋषिराज देवकोटालगायतको सहभागिता रहेको थियो । राप्रपको पूर्व कार्ययोजना अनुरुप विरोध कार्यक्रम गरिएको हो ।