नेपालगन्ज २९ असार : सर्वोच्च अदालतले प्रतिनिधी सभा पुनः स्थापित गरेपछि पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले देशका नाममा सम्बोधन गर्ने भएकाछन् ।
प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे देशका लागि सम्बोधन गर्ने भएका हुन् । उनले त्यसअघि स्थायी कमिटी बैठक पनि बोलाएको बुझिएकोछ ।
ओलीले २ बजे बालुवाटारबाटै सम्बोधन गर्न लागेका हुन् । सर्वोच्च अदालतको फैसलाअनुसार काँग्रेस सभापति शेरबहादुर देउवालाई आजै शपथ ग्रहण गराउने तयारी छ ।