File Photo
नेपालगन्ज २९ असार : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ ग्रहणमा केपी शर्मा ओली सहभागि भएनन् । प्रतिपक्ष दलको नेता उपस्थित हुनुपर्ने धेरै ठाउँमा देउवा उपस्थित नभएकै कारण ओली नगएको बुझिएकोछ ।
यसअघि वैशाख ३१ गते प्रधानमन्त्रीमा ओलीले शपथ लिँदा शेरबहादुर देउवासहित पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई, उपेन्द्र यादव लगायतका नेताहरु पनि गएका थिएनन् ।
त्यतिखेर उनीहरु नगएका कारण अहिले आफू पनि नजाने ओलीले आफू निकटलाई बताएको बुझिएकोछ ।
माधव नेपालसहितका अन्य पूर्वप्रधानमन्त्रीहरू, शीर्ष नेताहरू भने शीतल निवास पुगेका थिए । यस्तै नवनियुक्त मन्त्रीहरू पनि शपथ लिन शितल निवासमै छन् ।
देउवाले आजै माओवादी र काँग्रेसबाट २/२ जना मन्त्री नियुक्त गर्दैछन् । काँग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्दैछन् ।
नेपालगञ्जबाट सुरु भयाे बुद्ध एयरकाे 'नयाँ उडान'
मैले कहाँ बसेर काम गरेको छु भनेर चिन्ता लिनुपर्दैन, परिणाम हेर्नूस्: गृहमन्त्री
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने