आयोगको आकस्मिक बैठक


आयोगको आकस्मिक बैठक

नेपालगन्ज : राष्ट्रिय मानवअधिकार आयोगको नेपालगन्ज कार्यालयमा भएको प्रहरी घेराउको विषयलाई लिएर आयोगको आकस्मिक बैठक बसेको छ ।

आयोगको बाँकेस्थित कार्यालयमा प्रहरीले घेराउ गरेपछि वैठक बसेको आयोगले जनाएको छ । बाँकेमा थुनामा रहेका दानबहादुर फडेरालाई जिल्ला अदालतले तारेखमा आइतबार छोडेको थियो ।

प्रहरीले उनलाई पक्राउ गर्न खोजेपछि उनको परिवारले आयोग समक्ष अधिकारको रक्षा गर्न माग गरिएको थियो। त्यसपछि आयोग कार्यालय बाँकेमा प्रहरीले घेराउ गरेको थियो ।