देउवालाई विश्वासको मत दिने पार्टीमा नरहने : एमाले प्रवक्ता ज्ञवाली


देउवालाई विश्वासको मत दिने पार्टीमा नरहने : एमाले प्रवक्ता ज्ञवाली

FIle Photo

नेपालगन्ज ३ साउन : नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरु पार्टीमा नरहने बताएका छन् ।

आईतबार बसेको स्थायी कमिटी बैठकपछि बोल्दै ज्ञवालीले पार्टीको निर्णयको पालना गर्नु सबैको कर्तव्य भएको बताउँदै यस्तो बताएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘नेकपा एमालेको संस्थागत निर्णयभन्दा बाहिर गएर आफ्नै पार्टीको नेतृत्वको सरकारलाई ढलाएर बनेको सरकार या प्रधानमन्त्रीको पक्षमा मत हालिसकेपछि ती साथीहरु पार्टीभित्र रहनुहुन्न’, उनले भने ।

उनले बाँकी विषयहरु प्रतिनिधि सभामा मतदान सकिएपछि छलफल गरेर घोषणा गर्ने बताए ।