मुक्तकमैयाका लागि अर्बौं खर्च भयो तर, पुर्नस्थापित भएनन्


मुक्तकमैयाका लागि अर्बौं खर्च भयो तर, पुर्नस्थापित भएनन्

गुलरिया (बर्दिया) ३ साउन : उमेरले ६ दशक पार गरिसकेका चमारी थारु अझैं पनि मजदुरी गरी खान कहिलेसम्म सकिन्छ यसै भन्न सकिरहेका छैनन् ।

बर्दिया, बाँके, दाङ्घ, कैलाली र कञ्चनपुर जिल्लामा जमिनदारको घरमा पुस्तौंदेखि कमैयाको रुपमा रहेका कमैयाहरुलाई सरकारले हचुवाका भरमा जमिनदारबाट मुक्त गराएपछि यस्तो समस्या देखिएको हो । जमिनदारबाट मुक्त घोषणासंगै व्यवस्थापन कसरी गर्ने भनेर योजनाबद्ध सरकार अघि नबढेपछि यतिबेला मुुक्तकमैयाको अवस्था ज्यूँका त्यूँ रहेकोछ ।

मुक्तकमैया दिवस मनाइरहँदा विगतका वर्षहरुमा धुमधामका साथ मनाइने गरिएपनी केहि वर्षदेखि मुक्तकमैया दिवश मनाउनु त के मुक्त कमैयाको अवस्था के छ ? भन्ने विषयमा कसैलाई चासो नभएको मधुवन नगरपालिका वडा नम्बर–८ मा रहेका मुक्त कमैया आशाराम थारु बताउँछन् ।

उनका अनुसार अहिले आफुहरु बेरोजगार भएर बस्नु परेको बताउँदै कोभिड–१९ का कारण विहान बेलुकाको खाना खान समेत समस्या भइरहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

मुक्तकमैयाका पीडा केलाउँदै जाने हो भने पहाड बन्न सक्छ । तर, पीडा सुनाएर मात्रै आफ्नो दैनिकी नचल्ने भएकाले रोजगारीको लागी जाँदा पनि पहुँच भएकाहरुले प्राथमिकता पाउँदा आफूहरुले पीडा भोग्नुपरेको थारु बताउँछन् ।

उनले भने –‘कुनै सीप तथा जागीर नपाएको पीडाले जीविकोपार्जनमा समस्या मात्र होइन विस्थापित हुने अवस्था आएकोछ ।’

अझ निर्वाचित जनप्रतिनिधी आइसकेको अवस्थामा समेत स्थानीय तहले मुक्त कमैयाको पुर्नस्थापना र व्यवस्थापनमा कुनै चासो नदिएको मुक्तकमैयाहरुको भनाइ रहेकोछ ।
बर्दिया जिल्लामा अझै पनि करिब ७० जना मुक्तकमैयाको पुर्नस्थापना हुन सकेको छैन । १६ हजार २ सय ६२ कमैया मध्ये ११ हाजार ८ सय ७५ मुक्त कमैयाले घर बनाउन जग्गा पाएका थिए भने बाँकी ४ हजार ३ सय ३७ जनाले मात्र घर बनाउनका लागी रकम पाएका थिए । पुर्नस्थापना हुन बाँकी रहेकाहरुको अवस्था दयनिय रहेको छ ।

२०५७ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मध्यपश्चिम तथा सुदूरपश्चिमका केही जिल्लामा रहेका कमैयाहरुलाई जमिनदारबाट मुक्त गराएका थिए ।
आज संयोगले पनि नेपाली काँग्रेसले नै सत्ताको बागडोर समालिरहेको बेला करिब २२ वर्षपछि पुर्व कमैयाहरुमा भने उत्साह देखिएको छैन ।

चमारी थारु उमेरले ६ दशक पार गरिसके पनि सरकारले उपलब्ध गराएको १ कठठ जमिनमा सानो कटेरो बनाएर बस्न बाध्यछन् । उनी जीवविकोपार्जनका लागि मजदुरी गर्न बाध्य छन् ।

थारुका छोरा पनि जीविकोपार्जनाक लागि दैनिक मजदुरी गरिरहेकाछन् । सरकारले जमिनदारबाट कमैयाहरुलाई मुक्त गरेपछि मुक्तकमैयाको व्यवस्थापनका लागी भनेर घर निर्माणका लागी काठ तथा बजार बस्तीमा १० धुरदेखि १ कठ्ठा र गाँउमा ५ कठ्ठासम्म जमिन प्रदान गरिएको छ । तर, त्यसको सहि व्यवस्थापन हुन नसक्दा २०५२ सालमा मुक्त भएका कमैयाहरु पुनः कमैया बस्न बाध्य भएका थिए । भने कति कमैया अझै पनि वास्तविक कमैया भएपनि कमैयाको परिचय पत्र पाउन सकेका छैनन् ।