उपराष्ट्रपति पुन नेपालगन्जमा


उपराष्ट्रपति पुन नेपालगन्जमा

नेपालगन्ज: उपराष्ट्रपति नन्दबहादुर पुन नेपालगन्ज आइपुगेका छन् । प्रदेश पाँचका विभिन्न जिल्लामा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक समापनका लागि उनी नेपालगन्ज आइपुगेका हुन् ।

बैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको आठौं राष्ट्रिय खेलकुदको उपराष्ट्रपति पुनले आज समापन गर्दैछन् । राष्ट्रिय खेलकुद परिषद (राखेप)का अनुसार यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्नेगरी कार्यक्रम तय भएको थियो ।

प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आउन नसक्ने भएपछि उपराष्ट्रपतिबाट प्रतियोगिता समापन गर्न लागिएको प्रदेश खेलकुद विकास समिति प्रदेश ५ का उपाध्यक्ष नरेन्द्र थापाले बताए । उपराष्ट्रपति पुन बुद्ध एयरको जहाजमार्फत नेपालगन्ज आइपुगेका हुन् । राष्ट्रपति पुन आज कोहपुरस्थित होटल सेन्ट्रल प्लाजामा बास बस्ने र भोली बर्दियाको बाँसगढीस्थित केदारेश्वर धामको औपचारिक उद्घाटन गरी बिहीबार साँझ नै काठमाडौं फर्किने कार्यक्रम तय भएको बाँकेका प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए ।