मन्त्रीका कुरा : ‘डोको बुन्ने र बाख्रा पाल्नेका हातमा १० लाख दिन्छौँ’: मन्त्री ढुङ्गेल


मन्त्रीका कुरा : ‘डोको बुन्ने र बाख्रा पाल्नेका हातमा १० लाख दिन्छौँ’: मन्त्री ढुङ्गेल

हेटौँडा १६ साउनः वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले अति निम्न किसानको हातमा रु १० लाख दिएर उद्यमी बनाउन सरकार प्रयासरत रहेको बताएका छन् ।

मन्त्रालयले यहाँ आयोजना गरेको कार्यक्रममा उनले उक्त लगानीले कोरानाका कारण गाउँ गएका र हातमा सीप भएका विपन्न वर्गको आर्थिकस्तर उकास्ने बताए । यस्ता लगानी साना पौरखी हातका लागि भएकाले उनले उक्त रकम मान्द्रो, डोको, ठेकी बनाउनेलाई उद्यमी बनाउनेतर्फउन्मुख हुनेमा जोड दिए ।

ठूलो रकम ऋण लगानी गर्दा टाठाबाठाको हातमा मात्र पुग्ने र लक्षित वर्ग प्रभावित नहुने कारण सानो रकम लगानी गरिएको मन्त्री ढुङ्गेलको भनाइ छ। गाउँमा मौरीपालन, पशुपालन र दुग्ध उत्पादनबाट मनग्य आम्दानी गर्नका लागि किसानलाई उक्त लगानी लिन उनको अनुरोध छ ।

उक्त लगानी आव २०७७–७८ मा प्रदेश सरकारले साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमार्फत रु ६० करोड ५० लाख ७५ हजार छ । कृषि विकास बैंक लिबाट लगानी गरिएको रु ६० करोडमध्ये प्रदेशका ३५० कृषकले रु ५२ करोड ९३ लाख ६३ हजार रहेको मन्त्री ढुङ्गेलले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

प्रदेशभित्र ६५ कृषि विकास बैंक लिमिटेडका शाखा कार्यालयमार्फत सो ऋण लगानी कार्यक्रम विस्तार तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका १८१ साना किसान कृषि सहकारीमार्फत ऋण लगानी कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

मन्त्री ढुङ्गेलले १३ वटै जिल्लामा अक्सिजन प्लान्ट, शीत भण्डारण, कभर्डहल, रङ्गशालालगायतका लागि बजेट विनियोजन गरिएको मन्त्री ढुङ्गेलले जनाए । प्रदेशमा रु ६१ अर्ब राजस्व उठेको मन्त्रालयका सचिव दण्डुराज घिमिरेले बताए ।

छुट र सुविधाका कारण लक्षित राजस्व उठाउन सफल भएको उनको भनाइ छ । आव २०७७–७८ मा रु ६१ अर्ब राजस्व उठेको उनले जनाए। प्रदेशको बेरुजु हिसाबमा पेश्की रहेका कारण यसमा पनि सफल भएको सचिव घिमिरेको भनाइ छ । बेरुजु हिसाब रु ९८ करोड ८३ लाख रहेको उनले जानकारी दिए । -रासस