प्रतिनिधी सभा बैठक सुरु- प्रत्यक्ष प्रसारण


सेतोखरी सेतोखरी   बिहीबार, असोज ७, २०७८
प्रतिनिधी सभा बैठक सुरु-  प्रत्यक्ष प्रसारण

काठमाडौं : प्रतिनिधि सभाको बैठक भर्खरै सुरु भएको छ । बैठक दिउँसो २ बजे बस्ने भनिएपनि केहीबेर पछि ढिला सुरु भएको हो ।

संसद सचिवालयका अनुसार बैठकमा आर्थिक विधेयकमाथि छलफल, उक्त विधेयकमाथि प्राप्त संशोधन निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने लगायत सम्भावित कार्यसूची रहेका छन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर प्रतिनिधि सभा बैठक अवरूद्ध गरिरहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

एमालेको अवरोधबीच नै सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएर पारितसमेत गरिसकेको छ । आफूहरूले कारबाही गरेका सांसदको सूची सभामुख अग्निप्रसाद सापकोटाले टाँस नगरेर पार्टी विभाजन गर्न भूमिका खेलेको एमालेको आरोप छ ।