नेपालगन्ज ७ असोज : नव गठित नेकपा एकीकृत समाजवादी पार्टीले पदाधिकारीको टुंगो लगाएको छ । उक्त पार्टीको काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले पदाधिकारीको टुंगो लगाउन सफल भएको हो ।
पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गरेको उक्त पार्टीको महासचिवमा बेदुराम भुसाललाई जिम्मेवारी दिइएको छ । यस्तै उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राई रहेका छन् । यसैगरी उप–महासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन भएका छन् ।
सो पार्टीले चार जनालाई सचिवको जिम्मेवारी दिएको छ । सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ र नागेन्द्र चौधरी भएका छन् । पार्टीको केन्द्रीय समितिले उक्त पदलाई अनुमोदन गर्ने महासचिव भुसालले बताए ।