नेपालगन्ज ७ असोज : नव गठित नेकपा एकीकृत समाजवादी पार्टीले पदाधिकारीको टुंगो लगाएको छ । उक्त पार्टीको काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले पदाधिकारीको टुंगो लगाउन सफल भएको हो ।
पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गरेको उक्त पार्टीको महासचिवमा बेदुराम भुसाललाई जिम्मेवारी दिइएको छ । यस्तै उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राई रहेका छन् । यसैगरी उप–महासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन भएका छन् ।
सो पार्टीले चार जनालाई सचिवको जिम्मेवारी दिएको छ । सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ र नागेन्द्र चौधरी भएका छन् । पार्टीको केन्द्रीय समितिले उक्त पदलाई अनुमोदन गर्ने महासचिव भुसालले बताए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही