काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेका सभामुख नेपालको संसदीय ईतिहासमै निरीह सभामुख भएको बताए ।
नेपाली काँग्रेसको बुधबारबाट देशभर सुरु भएको राष्ट्रिय जागरण अभियानको काठमाडौंमा औपचारिक उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
अभियानको उद्घाटनमा बोल्दै सभापती देउवाले भने अहिलेका सभामुख ईतिहासमै कमजोर, डरपोक र काँतर भएको बताए ।
उनले भने,–‘प्रधानमन्त्रीले मंगलबार संसदमा गैरसंसदीय भाषा प्रयोग गरे । हामीले विरोध ग¥यौं । सभामुखलाई डिलिट गर्न भन्यौं, सकेनन् । मैले नेपालको संसदीय ईतिहासमा यति कमजोर, डरपोक, काँतर सभामुख देखेकै छैन । अब ओलीजी जे पायो त्यो बोल्ने भै सके ।’
सभापति देउवाले सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेकोले नेपाली काँग्रेस समक्ष ठूलो जिम्मेवारी आएको छ । उनले विगतलाई सम्झदै भने हामी हरेक तानाशाहीविरुद्ध लड्दै आएका हौं । उनीहरुलाइ परास्त गरेकै हौँ । यही शैली रह्यो भने यो सरकारलाई पनि सडकबाटै हटाउछौं ।
नेपाली काँग्रेसका सभापती देउवाले अब कुनै पनि बहानाको तनाशाह जुन रुपमा होस् नेपाली काँग्रेस र नेपाली जनतालाई सह्य नहुने बताए । उनले भने, –राणा, पञ्चायत, राजा ज्ञानेन्द्र हटायौं । अहिलेको सरकारको शैली यही रहे हामी सडकबाटै यिनीहरुलाइ तह लगाउँछौं, हटाउँछौँ । नियत यस्तै हो भने हामीले मुक्ति पाउन आन्दोलन गर्नैपर्छ ।’
प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै सभापति देउवाले भने, –‘अर्काले गरेको काम मैले गरेको हुँ भन्न लाज लाग्नुपर्ने होइन ?’
यसैबीच, नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत बाँकेमा पहिलो चरणको कार्यकक्रको औपचारिक उद्घाटन गरिएकोछ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य युवा नेता एनपी साउदको प्रमुख आतिथ्यतामा उक्त अभियानको औपचारिक उद्घाटन भएको हो ।