सीमानाका खोलिए संक्रमण बढ्छ : सिडिओ गेलाल

भेरीमा बालबालिकाका लागि १० बेडको आईसीयु निमार्ण


सीमानाका खोलिए संक्रमण बढ्छ : सिडिओ गेलाल

नेपालगन्ज ७ असोज : बाँकेमा अझै पनि कोरोनाको जोखिम कायमै रहेको छ । नेपाल सरकारले भारतीय सीमासंग जोडिएका नाका खोल्ने निर्णय गरेपछि बाँकेमा थप कोरोना संक्रमितको संख्या बढ्न सक्ने देखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताएका छन् ।

नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढिरहेकाले तेश्रो लहर आउन नदिनका लागि सरोकारवाला सबैको साथ जरुरी रहेको प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।

कोरोनाको तेश्रो लहर आएको खण्डमा सबैभन्दा बढि बालबालिका प्रभावित हुने आँकलन गरिएको छ । हाल भेरी अस्पतालमा ५÷६ जनाकोरोना संक्रमित बालबालिकाको उपचार भइरहेको मेडिकल सुपरीटेन्डेण्ट डाक्टर प्रकाश थापाले बताए ।

उनका अनुसार, तेश्रो लहरको पुर्वतयारी स्वरुप अस्पतालले बालबालिकाका लागि १० वेडको आइसियु निर्माण गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘कोरोनाको पहिलो र दोश्रो लहर माहामीले जुन जांगरका साथकाम गरेका थियौ । आगामी दिनमा पनि त्यसरी नै सेवा दिन तत्पर छौ ।’ उनले भने –‘बाँकेमा हालको अवस्थामा पनि कोरोना संक्रमणले हात फालि सकेको छैन ।’
कोरोना महामारीमा बालबालिका बढि प्रभावित भएको बालरोग विशेषज्ञ रोमा बोराको तर्क छ । अभिभावकहरु कोरोना संक्रमित भएको अवस्थामा एक्लै भएका बालबालिकाहरुमा मानसिक रुपमा पनि प्रभाव परेको उनको भनाई छ । यस्तो अवस्थालाई पनि भविष्यमा आउन सक्ने महामारीमा ध्यान दिनउनको सुझाव छ ।

सरोकारवालाहरु पुर्व तयारी गर्ने विषयमा संवेदनशीलन देखिएको डाक्टर विनोद कर्णको टिप्पणी छ ।

‘पुर्वाधारहरु निर्माण गर्ने तर विरामीको संख्या दिनहुँ बढिरहने हो भने यसले पुर्व तयारी गर्नुको कुनै अर्थ रहदैन ।’ उनले भने– ‘अहिले बजारमा सुरक्षाका मापदण्ड पालना नगरिकन मानिसहरु हिडँडुल गरिरहेका देखिन्छन् । मास्क लगाउन अधिकांशले छोडिसके ।’

नेपालगन्जको एउटै क्याम्पसमा १५/२० जना संक्रमीत भेटिरहेकाले अहिलेको अवस्थालाई नजर अन्दाज नगर्न उनको सुझाव छ ।

कोरोनाको तेश्रो लहर आउन नदिनका लागि सुरक्षाका मापदण्डको पालनामा ध्यान दिनु पर्नेमा उनको जोड छ । सैधान्तिक कुराले समस्या समाधान नहुने बताउँदै डाक्टर कर्णले व्यवहारिक भए मात्र यसको जोखिम कम गर्न सकिने तर्क गरे । तेश्रो लहरको कोरोनाको जोखिम न्यूनीकरण गर्नका लागि सरोकारवाला सबै निकाय आजैदेखी पुर्व तयारीमा जुट्नु पर्नेमा उनको जोड छ ।

पुराना गल्तिहरुबाट पाठ सिक्दै पुर्व तयारीमा जुट्न नेपालगन्ज मेडिकल कलेजका डाक्टर सहनिर्देशक डाक्टर नितेश कनोडियाको पनि सुझाव छ ।

‘सरकारले सिमानाका खोल्ने निर्णय गरीसकेको छ । यो समयमा धेरै नागरिकहरु नेपालभित्रने भएकाले सीमानाकामा चेकजाँच बढाउनुपर्छ ।’ उनले अगाडी थपे– ‘अहिले पनि सामान्य नागरिकले खोप चाहेको समयमा पाउने अवस्था छैन । दिनभरी लाइनमा पालो पर्खनुपर्ने अवस्था छ । उनीहरुलाई मध्यनजर गर्दै छिटो भन्दा छिटो सबैले खोप पाउने गरी व्यवस्था गरिनुपर्छ ।’

कोरोना महामारीमा गर्भवती लगायत अन्य रोगका विरामीहरुलाई पनि सेवा दिनुपर्ने भएकाले कोरोना आउन नदिनका लागि सचेत बन्नुपर्नेमा उनको पनि जोड छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले हालसम्म जिल्लामा एक लाख १० हजारले खोप लगाएको बताए । त्यस मध्य ९३ हजारले दोश्रो डोजको खोप लिइसकेको अवस्था छ । बाँकी व्यक्तिहरुले पनि केन्द्रबाट आए अनुसारको खोप पाउने उनको भनाई छ ।

नेपालगन्ज उपमहानगरपालिकाले एक्लो प्रयासले मात्र तेश्रो लहरको कोरोनाको जोखिम न्यूनीकरण सम्भव नभएकाले एकैबद्धता र साथका लागी सरोकारवाला सबैमा आग्रह गरेको छ । भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई होल्ड गर्नका लागि सीमा क्षेत्र नजिकै होल्डिङ सेन्टर निर्माण गर्न लागिएको उपमेयर उमा थापामगरको भनाई छ । उपमहानगर पुर्वतयारीमा जुटिसकेको उनले बताइन् ।