नेपालगन्ज १० असोजः नेपाली काँग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छ । काँग्रेसले बाँके, डोल्पा, सुर्खेत, महोत्तरी र सिराहाको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको हो ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ६९ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भइसकेको छ । समितिले बाँकी ८ जिल्लाको क्रियाशील सदस्यता टुंग्याउने काम भइरहेको जनाएको छ ।
क्रियाशील सदस्यको सूची प्रकाशित नहुँदा यी जिल्लामा वडा तहकै अधिवेशन हुन पाएको छैन । क्रियाशील सदस्यताको सूची प्रकाशित भइसकेका जिल्लामा गाउँ÷नगरको अधिवेशन सुरु भइसकेको छ ।