नेकपा बाँकेले पूर्णता पायो


नेकपा बाँकेले पूर्णता पायो

नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेको जिल्ला कमिटिले पूर्णता पाएकोछ ।  बुटवलमा सम्पन्न प्रदेश कमिटि बैठकले जिल्ला कमिटिका सदस्यहरुको नाम टुंगो लगाएको हो । यससगैं नेकपा बाँकेको १ सय ५५ सदस्यीय जिल्ला कमिटि समेत गठन भएको छ ।

पूर्व एमालेबाट ८५ जना तथा पूर्व माओबादीबाट ७० जना गरि १ सय ५५ जनाको जिल्ला कमिटिले पूर्णता पाएको हो । नेकपमा बाँकेका अध्यक्ष आईपी खरलका अनुसार एमालेका तर्फबाट निर्वाचित तथा मनोनित जिल्ला कमिटि सदस्य, सल्लाहकार, जेष्ठ कम्युनिष्ट मञ्चको सभापति तथा जिल्ला कमिटि सदस्य भएकाछन् । एमालेबाटै भक्तबहादुर केसी, मञ्जु कोइराला लगायतको नाम जिल्ला कमिटिमा परेकोछ ।

यस्तै गठित नेकपामा माओबादी केन्द्रबाट अमर खड्का, नयाँ शक्तिबाट आएका कमल खड्का, विप्लबबाट आएका अशोक पोख्रेल र मञ्जु रोकाय, नेकपा संयुक्तबाट आएका मोहनलाल सोखर लगायत जिल्ला कमिटि सदस्य भएकाछन् ।

यसअघि नेकपा बाँकेका अध्यक्ष आइपी खरेल र सचिव अशोक कोइरालाले शुक्रबार सपथग्रहण गरेका हुन् । नेकपा प्रदेश कमिटीको आयोजनामा शुक्रबार बुटवलमा सम्पन्न औपचारिक कार्यक्रममा अध्यक्ष आईपी खरेल र सचिव अशोक कोइरालाले सपथग्रहण गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

उनीहरुलाई नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश ५ का इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोख्रेलले सपथग्रहण गराएका हुन् । नेकपाका अध्यक्ष खरेल र सचिव कोइराला दुवैजना नेकपा प्रदेश कमिटिका सदस्य हुन् ।