नेपालगन्ज २५ असोज : नेपालीको महान चार्ड बडादशैंको अवसरमा बागेश्वरी मन्दिर परिसरमा सोमबार विहान ७ बजे प्रत्येक्ष प्रसारणका लागि म र सहकर्मी सविता जिसी पुगेका थियौं ।
कान्तिपुर टेलिभिजनमा लाईभ समाचार सम्प्रेषण गर्नुपर्ने भएकाले सबै तयारी गरि टिभिमा प्रत्यक्ष प्रशारण गर्ने तयारी गर्दै गर्दा मन्दिरका मुल महन्त चन्दननाथ योगी एक्कासी मेरो सामु आएर यहाँ भिडियो खिच्न पाइदैन । बन्द गर्नुस्, यहाँबाट तुरुन्त निस्किहाल्नुस् भन्दै रोक लगाए ।
बागेश्वरी मन्दिर परिसरबाट टिभिको केन्द्रिय कार्यालसंग प्रत्येक्ष जोडिरहेका बेला मुल महन्तले त्यसो भनिरहँदा मैले भिडियो खिच्न किन नपाउने ? भन्दै जिज्ञासा राख्दा एकाएक पत्रकाारिता पेशालाई तथानाम गाली र लाछ्ना लगाउँदै यो ‘भगवानको आदेश हो’ भन्दै पाँच जना अन्य सहायक पुजारीलाई बोलाएर धकल्दै मन्दिर परिसरमा फोटो र भिडियो खिच्न रोक लगाउनुका साथै दुर्ब्यवहार पनि गरे ।
मुल महन्तले यस्तो ब्यवहार गरिरहँदा यसका बारेमा बताइदिनुहोस् भन्दै उनीतर्फ क्यामेरा तेस्र्याउँदा मुल महन्त योगीले तपाईले मात्र भिडियो खिच्न जान्नुभएको छ । म पनि भिडियो खिच्न सक्छु भन्दै आफ्नो मोबालई मतर्फ तेस्र्याउदै मेरो भिडियो खिचेझैं गरे । मैले नि मेरो जति भिडियो खिच्नुहुन्छ खिच्नुहोस्, म दिनभरी बोल्न तयार छु भने ।
उहाँ (महन्त योगी) ले हामीमाथी तथानाम गाली गर्न थाले र भिडियो तथा फोटो नखिच्न भनेपछि हामीले खिच्न पाएनौं । सोबिच अत्यन्त आक्रोसित बनेका मुल महन्तले पत्रकारिता पेशा र पत्रकारलाई बोलेका शब्द वर्णन नै गर्न सकिदैन ।
दशैंका अवसरमा समाचार संकलनकै लागि मन्दिर परिसरमा पुगेका पत्रकारलाई मन्दिरको सञ्चार माध्यमले प्रचार–प्रसार गर्न जरुरी नभएको र मन्दिरको प्रचार–प्रसार गरेर केही हुनेवाला छैन, प्रचार प्रसारको कुनै औचित्य छैन भन्दै मुल महन्तले दुव्र्यवहार गर्दै हामीलाई त्यहाँबाट धपाए । वातावरण असहज बन्ने भएपछि हामी पनि त्यहाँबाट निस्कियौं ।
महन्त योगीको यो शैलीले हिन्दुहरुको धार्मिक आस्थामाथीको प्रचार प्रसारमा अंकुश समेत लगाएको छ । दशैंको अवसरमा बाँके, छिमेकी मुलुक भारत लगायत विभिन्न ठाउँबाट मन्दिर दर्शन गर्न आउँछन् । सरकारले बागेश्वरी मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको सूचिमा समेत राखेको छ । तर, महन्त योगीको यस्तो शैलीले धार्मिक पर्यटकीय स्थल बागेश्वरीको प्रचार–प्रसार कत्तिको होला ? भन्नेमा आम नेपालगन्जबासीको चिन्ता छ ।
(बागेश्वरी मन्दिरका मुल महन्त चन्दननाथ योगीले गरेको दुर्ब्यवहार घटनाका विषयमा पत्रकार जे. पाण्डेले सेतोखरीसंग गरेको कुराकानीमा आधारित)
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही