काँग्रेस महाधिवेशन कार्यतालिका संशोधितः मंसिर २४ देखि २६ सम्म गर्ने निर्णय


काँग्रेस महाधिवेशन कार्यतालिका संशोधितः मंसिर २४ देखि २६ सम्म गर्ने निर्णय

नेपालगन्ज ११ कार्तिक : नेपाली काँग्रेसले पुनः १४ औं महाधिवेशनको कार्यतालिका फेरबदल गरेकोछ । नेपाली काँग्रेसको निर्वाचन समितिले बिहीबार तयार पारेको काँग्रेस महाधिवेशनको संशोधित कार्यतालिका समेत सार्वजनिक गरेकोछ ।

काँग्रेस निर्वाचन समितिले बिहीबार आगामी मंसिर २४ देखि २७ गतेसम्म महाधिवेशन गर्नेगरी संशोधित कार्यतालिका सार्वजनिक गरेको हो ।

पार्टीका शीर्ष नेतासँगको छलफलपछि निर्वाचन समितिले कार्यतालिका ल्याएको हो । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन निर्देशन दिएका थिए । सोही अनुसार निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याएको हो ।

यसअघि काँग्रेसले तीन पटक महाधिवेशन सारेको थियो । काँग्रेसले २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना संक्रमण, क्रियाशील सदस्यता विवाद र अन्तर पार्टी समायोजन प्रक्रियामा कारण भदौ ७ देखि १० सम्मका लागि महाधिवेशन सारियो । तर, क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलाई कारण देखाएर फेरि भदौ १६ देखि १९ सम्म गर्ने निर्णय भयो ।

क्रियाशील सदस्यताको विवाद सुल्झाउन नसकेपछि मंसिर ९ देखि १३ सम्म सारिएको थियो । उक्त मितिमा पनि महाधिवेशन हुन नसकेपछि काँग्रेसले नयाँ मिति तय गरेको हो ।