प्रधानमन्त्री देउवा बाहेक गठबन्धनले बनायो ११ सदस्यीय समन्वय समिति


प्रधानमन्त्री देउवा बाहेक गठबन्धनले बनायो ११ सदस्यीय समन्वय समिति

नेपालगन्ज २२ कार्तिक : सत्तारूढ गठबन्धनले सरकार सञ्चालनमा सहयोग गर्न भन्दै ११ सदस्यीय समन्वय समिति बनाएको छ । सोमबार बालुवाटारमा बसेको सत्तारूढ ५ दलिय गठबन्धनको बैठकले उक्त समिति बनाएको हो ।

समितिमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट दुई–दुई जना सदस्य रहने समिति बनाएको छ ।

सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राखिएको छ भने सत्तारुढ गठबन्धनका मुख्य शीर्ष नेता एवम प्रधानमन्त्री शेरबहादुर देउवालाई समितिमा राखिएको छैन । यद्यपी उक्त समितिमा प्रधानमन्त्री देउवा नभए पनि हरेक कार्यक्रममा उपस्थित हुने बताइएकोछ ।

समितिमा काँग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौलालाई सदस्य तोकिएको छ । माओवादी केन्द्रबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम दिइएको छ । अर्को नाम पछि निर्णय हुनेछ ।
एकीकृत समाजवादीबाट माधवकुमार नेपालको नाम आएको छ । अर्को नाम आउन बाँकी रहेको बताइएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

जनता समाजवादी पार्टी (जसपा) बाट उपेन्द्र यादवको नाम दिइएको छ । यस्तै, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहेका छन् । समन्वय समितिको बैठकको संयोजन हरेक पार्टीले दुई–दुई महिना गर्ने सहमति भएको छ । त्यसअनुसार पहिलो बैठकको संयोजन काँग्रेस नेता पौडेलले गर्ने छन् ।

राष्ट्रियताको रक्षा, संविधान र लोकतन्त्रको रक्षा र संस्थागत सुद्धीकरण, सुरक्षा सुशासन, सेवा र विकास, संविधान सम्मत सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने लक्ष्य समन्वय समितिको उद्देश्य रहेकोछ ।