नेपालगन्ज २३ कार्तिक : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गरेको भन्दै ३ जनालाई पक्राउ गरिएकोछ ।
प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन गर्न नेपाल बार एसोशियशनमा पुगेका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
नारा लगाउँदै नेपाल बार एसोशियशन परिसरको गेटमा पुगेका जनता स्वतन्त्र आयोगका अभियन्ता तारा बरालसहित तीनजनालाई प्रहरीले धरपकड गरेर प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले न्याय प्रणाली जोगाउन भन्दै प्रदर्शन गरिरहेका छन् । १६ दिनदेखि अदालतमा जारी गतिरोध हट्नुपर्ने माग गर्दै उनीहरुले सर्वोच्च अदालत परिसर र माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएका थिए ।
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको बिरुद्धमा प्रदर्शन गरिरहेको छ । तर, बरालको समूह प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गर्न बार परिसरमा पुगेका थिए ।
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति