बार विरुद्ध युवाहरुको प्रदर्शन, न्यायालय सञ्चालनको माग

५० युवा प्रहरी नियन्त्रणमा


बार विरुद्ध युवाहरुको प्रदर्शन, न्यायालय सञ्चालनको माग

नेपालगन्ज २८ कार्तिक : नेपाल बार एशोसिएशनको आन्दोलनविरुद्ध भएको प्रदर्शनमा करिब ५० जना युवालाई प्रहरीले पक्राउ गरेको छ । आईतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन गर्दै सडकमा निस्किएको ती समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बार एशोसिएशनको आन्दोलनविरुद्ध आईतबार दुई वटा समूह सडकमा उत्रिएको थियो । बार एशोसिएसनले सर्वोच्च अदालत परिसरभित्रै विरोधको कार्यक्रम आयोजना गरिरहेको समयमा प्रधानन्यायाधीशको समर्थनमा ती दुई समुहले सडकमा नाराबाजी गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

मोटरसाइकलमा आएका ती युवाहरुको समूहले सर्वोच्चबाहिर अदालती कारबाही सुरु गर्नुपर्ने भन्दै नाराबाजी गरेका हुन् । पक्षविपक्षबीच दोहोरो झडप हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको भएपनि बारविरुद्ध उत्रिएको युवा समुहलाई प्रहरीले हटाउन खोज्दा प्रहरीसँग केहीबेर झडप भएको थियो । सो क्रममा एक प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् ।