नेपालगन्ज २८ कार्तिक : मुस्ताङको कोबाङमा भीषण हिमपहिरो खसेको छ । हिमपहिरोमा परेर एउटा घर भत्किएको छ भने भागदौडका क्रममा स्थानीय विद्यालयका एक शिक्षकसहित ९ जना घाइते भएका छन् ।
थासाङ गाउँपालिका–२ को माथिल्लो क्षेत्रमा रहेको टुकुचे पिक हिमालबाट आईतबार बिहान ११ बजेर ४० मिनेटमा हिमपहिरो खसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले नेपाल लाइभलाई बताए ।
पहिरोपछि भागदौड हुँदा थासाङ गाउँपालिका–२ को जनआदर्श माविका एक शिक्षक र ८ जना विद्यार्थी सामान्य घाइते भएको प्रजिअ शर्माले बताए । उनका अनुसार घाइते सबैको उपचार भइसकेको छ । उनका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन । साथै, विद्यालय पनि सुरक्षित नै छ ।
घटनास्थल सदरमुकाम जोमसोमबाट १९ किलोमिटरको दूरीमा पश्चिममा रहेको प्रजिअ शर्माले बताए । हिमपहिरोमा चरनका लागि लगिएका चौंरीलगायत पशु परेको हुनसक्ने प्रजिअ शर्माले बताए ।
‘हिमपहिरो खसेको ठाउँ चरिचरण क्षेत्र हो । त्यसकारण चौंरीलगायत जीवजन्तु परेको अनुमान गरिएको छ । मानिसलाई भने सुरक्षित स्थानतर्फ सारिसकेका छौं’, प्रमुख जिल्ला अधिकारी शर्माले भने, ‘दुईवटा चौरी गोठमा हिमपहिरोले क्षति पु¥याएको खबर आएको छ । हामी घटनास्थलमै छौं । थप बुझ्ने काम भइरहेको छ ।’ हिमपहिरो तल आइपुग्दा माटोसहितको लेदो बगेको उनले बताए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही