मुस्ताङमा भिषण हिमपहिरो, भागदौड मचिँदा ९ जना घाइते


मुस्ताङमा भिषण हिमपहिरो, भागदौड मचिँदा ९ जना घाइते

नेपालगन्ज २८ कार्तिक : मुस्ताङको कोबाङमा भीषण हिमपहिरो खसेको छ । हिमपहिरोमा परेर एउटा घर भत्किएको छ भने भागदौडका क्रममा स्थानीय विद्यालयका एक शिक्षकसहित ९ जना घाइते भएका छन् ।

थासाङ गाउँपालिका–२ को माथिल्लो क्षेत्रमा रहेको टुकुचे पिक हिमालबाट आईतबार बिहान ११ बजेर ४० मिनेटमा हिमपहिरो खसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले नेपाल लाइभलाई बताए ।

पहिरोपछि भागदौड हुँदा थासाङ गाउँपालिका–२ को जनआदर्श माविका एक शिक्षक र ८ जना विद्यार्थी सामान्य घाइते भएको प्रजिअ शर्माले बताए । उनका अनुसार घाइते सबैको उपचार भइसकेको छ । उनका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन । साथै, विद्यालय पनि सुरक्षित नै छ ।

घटनास्थल सदरमुकाम जोमसोमबाट १९ किलोमिटरको दूरीमा पश्चिममा रहेको प्रजिअ शर्माले बताए । हिमपहिरोमा चरनका लागि लगिएका चौंरीलगायत पशु परेको हुनसक्ने प्रजिअ शर्माले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘हिमपहिरो खसेको ठाउँ चरिचरण क्षेत्र हो । त्यसकारण चौंरीलगायत जीवजन्तु परेको अनुमान गरिएको छ । मानिसलाई भने सुरक्षित स्थानतर्फ सारिसकेका छौं’, प्रमुख जिल्ला अधिकारी शर्माले भने, ‘दुईवटा चौरी गोठमा हिमपहिरोले क्षति पु¥याएको खबर आएको छ । हामी घटनास्थलमै छौं । थप बुझ्ने काम भइरहेको छ ।’ हिमपहिरो तल आइपुग्दा माटोसहितको लेदो बगेको उनले बताए ।