अदालतको गरिमा रक्षा गर्न पत्रकार महासंघको आग्रह


अदालतको गरिमा रक्षा गर्न पत्रकार महासंघको आग्रह

नेपालगन्ज १ मंसिर : नेपाल पत्रकार महासंघले अदालतको गरिमा रक्षा गर्न आग्रह गरेकोछ । महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै अदालतको गरिमा रक्षा गर्न आग्रह गर्दै गरेको हो ।

महासंघले नेपाल बार एशोसिएसन र नागरिक तहबाट उठेका प्रश्नलाई गम्भीर रुपमा लिँदै उच्च नैतिकता देखाउन, गतिरोध अन्त्य गरी अदालतको गरिमाको रक्षा गर्न न्यायालयको नेतृत्व (प्रधानन्यायाधीश) संग समेत आग्रह गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

महासंघले आन्दोलनरत पक्षलाई अदालतको गरिमा र मर्यादाको ख्याल पु¥याउन आग्रह गर्दै प्रधानन्यायाधीश जबरालाई उच्च नैतिकता प्रदर्शन गर्न समेत अनुरोध गरेको छ ।

न्यायालयमा लामो समयदेखि गम्भीर समस्या उत्पन्न हुँदा पनि जननिर्वाचित संसद्, सरकार र राजनीतिक दलले ‘आश्चर्यजनक मौनता’ देखाएको भन्दै महासंघले संसद र दलहरुको मौनातप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । महासंघले न्यायालयमा देखिएको समस्या समाधानका लागि आवश्यक पहल र अग्रसरता लिन पनि संसद्, सरकार र राजनीतिक दलसँग अपील गरेको छ ।