काँग्रेस अधिवेशन : २५ जिल्लामध्ये १३ जिल्लामा संस्थापन पक्ष अगाडि


काँग्रेस अधिवेशन : २५ जिल्लामध्ये १३ जिल्लामा संस्थापन पक्ष अगाडि

नेपालगन्ज ८ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत २५ जिल्लाको नतिजा सार्वजनिक भएको छ । २५ जिल्लाको सभापति मध्ये सभापति शेरबहादुर देउवा निकट अर्थात संस्थापन पक्षका १३ जना रहेका छन् ।

त्यस्तै बरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको संस्थापन इतर समूहबाट ९ जना जिल्ला सभापति निर्वाचित भएका छन् । जाजरकोटमा सर्वसम्मत जिल्ला सभापति चयन भएका वेदराज सिंहले आफ्नो आबद्धता खुलाएका छैनन् ।

१३ औं महाधिवेशनमा देउवा पक्षमा रहेका सिंह पछिल्लो समय संस्थापन इतर समूहमा आबद्ध थिए । सर्वसम्मत सभापति निर्वाचित भएकोले केन्द्रीय महाधिवेशनमा मात्रै आफ्नो मत व्यक्त गर्ने सिंहले बताएका छन् ।

संस्थापनबाट सभापति

Kanti Aarogya Hospital Nepalgunj

१ गजेन्द्र प्रसाद तुम्याहाङ–ताप्लेजुङ
२ मोहनविक्रम सिंह–हुम्ला
३ पूर्णबहादुर तामाङ ‘कान्छाराम’–रामेछाप
४ ऐनबहादुर शाही–मुगु
५ खडकबहादुर बोहरा–बझाङ
६ शंकरगुरुङ–मनाङ
७ भीमबहादुर साउद–डडेल्धुरा
८ खमबहादुर गर्बुजा (खम्बिर)–म्याग्दी
९ केशवबहादुर विष्ट–सल्यान
१० डा.टुकराज गुरुङ–लमजुङ
११ रुपनारायण जवेगु–पाँचथर
१२ कर्णबहादुर शाही–जुम्ला
१३ दीपेन्द्रबहादुर शाही–डोल्पा

संस्थापन इतरबाट विजयी

१ दीपक खड्का–संखुवासभा
२ अमरबहादुर शाही–कालीकोट
३ बर्मा लामा–दोलखा
४ रोमी गौचन–मुस्ताङ
५ विनोद बान्तवा–भोजपुर
६ रामसिंह रावल–बाजुरा
७ विष्णुकुमार गिरी–प्युठान
८ चतुरबहादुर चन्द–बैतडी
९ केशव श्रेष्ठ–अर्घाखाँची

दुवै समूहले दाबी गरेका सभापति

१ केशरमान रोका–रुकुमपूर्व
२ नन्दप्रसाद न्यौपाने–गोरखा

नखुलेका

वेदराजसिंह–जाजरकोट

एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्ला

ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रामेछाप, दोलखा, रसुवा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पूर्व, रुकुमपश्चिम, सल्यान, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, डोटी, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला ।