नेपालगन्ज ८ मंसिर : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ र ६ लाई पनि वालविवाह मुक्त वडा घोषणा गरिएको छ । बुधवार एक समारोहकाबीच दुई वडालाई संयुक्तरुपमा वालविवाह मुक्त वडा घोषणा गरिएको हो ।
बै वडामा गरिएको सर्वेक्षण अनुसार बालविवाहमुक्त वडा घोषणा गर्न मापदण्ड पुगेकाले २ वडालाई बालविवाहमुक्त वडा बनाइएको हो । बाल विवाहमुक्त घोषणा गर्न २० प्रतिशतभन्दा तल हुनु पर्नेमा खजुरा गाउँपालिका वडा नम्बर–५ मा ४ दशमलव ५४ प्रतिशत र वडा नम्बर–६ मा १२ दशमलव ५ प्रतिशत मात्र बालविाह देखिएकाले ती वडालाई घोषणा गरेर कार्यान्वयनको दिशामा अगाडि बढाइएको छ ।
बालविवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालविवाह मुक्त अभियान संचालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेकोलगायतका मापदण्ड पूरा भएकाले वडालाई बालविवाहमुक्त घोषणा गरिएको हो ।
खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले दुबै वडालाई बालविवाहमुक्त घोषणा गरेर प्रमाणपत्र वडा नम्बर–५ का वडाध्यक्ष देवेन्द्रमान श्रेष्ठ र वडा नम्बर–६ का वडा सदस्य जगबहादुर कामीलाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा अध्यक्ष कक्षपतिले वालविवाहमुक्त भएका वडालाई पूर्णरुपमा बालविवाहमुक्त गराउन सरोकारवाला निकायले चासो लिनु पर्ने बताए ।
उनले खजुरा गाउँपालिका वडा नम्बर–५ र ६ मधेशी र मुस्लिम बाहुल्याता भएको ठाउँ भएकाले सो ठाउँमा शिक्षा लगायतका कार्यक्रममा स्थानीय सरकारले विशेष ध्यान दिएको बताए ।
वडा नम्बर–५ का अध्यक्ष देवेन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर–६ लाई विभिन्न सूचक पार गर्दै बालविवाहमुक्त हुँदाको अवस्थाबारे खजुरा गाउँपालिका महिला विकास शाखा प्रमुख सुशीला न्यौपानेले प्रतिवेदन प्रस्तुत गर्दै वर्षभर ७२ वटा विवाह दर्ता भएकोमा एउटा पनि बाल विवाह नरहेको र प्रहरी कार्यालयमा पनि कुनै उजुरी नपरेको बताइन् ।
त्यस्तै वडा नम्बर–५ मा प्रतिवेदन सुनाउँदै स्याककी विनिता आरसीले वर्षभर ८८ वटा विवाह दर्ता भएकोमा एउटा पनि बालविवाहको विवाह दर्ता नभएको र प्रहरी कार्यालयमा पनि बालविवाहको मुद्दा शून्य रही बालविवाहमुक्त गर्न मापदण्ड पूरा भएको बताइन् ।
हामी सबैको प्रतिवद्धता ः बाल विवाह विरुद्धको साझा प्रतिवद्धता भन्ने मूल नाराका साथ भएको घोषणा कार्यक्रममा प्लान नेपालका भुवन चटौत, स्याक नेपालका शिवलाल पाण्डे, खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले चेतनास्तरलाई अगाडि बढाएर पूर्ण कार्यान्वयनको दिशामा लैजानु पर्नेमा जोड दिए ।
दुबै वडालाई बालविवाहमुक्त गर्न सहयोग पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, लेखा अधिकृत प्रदीप सुनारले लगायतले सम्मान गरेका थिए । खजुरा गाउँपालिका इन्जिनियर प्रकाश सिजापतिले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य सरोज देवकोटाले व्यक्त गरेकी थिइन ।
प्लान नेपाल, स्याक नेपाल, बाल क्लव सञ्जाल, किशोरी क्लव, युवा क्लव लगायतको सहकार्यमा बाल विवाह मुक्त वडा घोषणा गर्न सफल भएको खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले बताइन ।
यसअघि वडा नम्बर–५ र ६ को वडा कार्यालयबाट सन्देशमुलक ¥याली निकाली उढापुर परिक्रमा गरी सभामा परिणत भएको थियो । खजुरा गाउँपालिका वडा नम्बर–१ र ३ यसअघि नै बालविवाहमुक्त घोषणा भइसकेका छन् ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही