नेकपा (एस) बाँकेको उपसचिवमा थापा चयन


नेकपा (एस) बाँकेको उपसचिवमा थापा चयन

नेपालगन्ज १४ मंसिर : नेकपा एकीकृत समाजवादी पार्टी बाँकेको उपसचिवमा युवा नेता किशोर थापा चयन भएका छन् । युवा संघबाट राजनीतिमा प्रवेश गरेका थापा बाँकेको राजनीतिमा चिरपरिचत अनुहार हो ।

जानकी गाउँपालिका वडा नम्बर–२ का थापा नेकपा एमाले हुँदा युवा संघ बाँकेका जिल्ला अध्यक्ष तथा एकीकरण पछि युवा संघको केन्द्रिय सदस्य हुँदै एमाले बिभाजनपछि नेकपा एकीकृत समाजबादीको युवा संघ नेपालको केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश सदस्य भए ।

एमाले बिभाजन अगाडी नै बाँकेमा युवाहरुको राम्रो साथ र संगठन निर्माण गरेका थापा पार्टी फुटेपछि सम्पूर्ण टिम सहित एकीकृत समाजबादी तर्फ लागे ।

नेकपा एकीकृत समाजबादी गठनसंगै बाँकेमा एकीकृत समाजबादीको संगठन बिस्तार र युवाहरूलाई एक ढिक्का बनाउन लागि परेका युवा नेता थापाकै राजनीतिक सक्रियता, कार्यकुशलता र रणनीतिक योजना कारण एमालेलाई ठुलै धक्का लागेको जानकार बताउँछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेकपा समाजवादी बाँकेले मङ्गलबार इन्द्र बहादुर थापाको अध्यक्षतामा जिल्ला कमिटिलाई पूर्णता दिएको छ ।

मंगलबार नेपालगन्जमा भएको नेकपा एसको प्रथम बैठकले नेकपा एमाले बाँकेका पुर्ब उपाध्यक्ष थापाको अध्यक्षतामा ३०१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

अध्यक्ष थापा एमाले बाँकेभित्र सादगी नेताको रुपमा पहिचान बनाउन सफल भएका छन् । नेकपा एमालेको उपाध्यक्ष भएपछि करिब एकदशकसम्म सक्रिय राजनीतिबाट टाढा भएका थापालाई अहिले एसले जिल्ला अध्यक्षको जिम्मेवारी दिएको हो ।

यसैगरी उपाध्यक्षमा सम्सुद्दिन सिद्धिकी र भद्रप्रसाद देवकोटा चयन भए । सिद्दिकी नेपालगन्ज उपमहानगरपालिकाका पुर्ब उपप्रमुख हुन । देवकोटा एमाले बाँकेका पुराना नेता हुन । यसैगरी युवा संघ नेपालका महासचिव दीपक जिएम कमिटीको सचिवमा चयन भए । युवा संघका प्रदेश अध्यक्ष किशोर थापा, महिला नेतृ भगवती अधिकारी र मधेसी नेता कप्तान पाठक कमिटीको उपसचिवको रुपमा रहेका छन् । कमिटीका पदाधिकारी चयनसँगै जिल्ला कमिटीका सदस्य र पदाधिकारीहरुको सपथग्रहण समेत सम्पन्न भएको नेकपा एसका लुम्बिनी प्रदेश सदस्य लालबहादुर खत्रीले जानकारी दिए ।