सञ्जय शाही
नेपालगन्ज २० मंसिर : नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले राप्ती सोनारी गाउँपालिका वडा नम्बर–४ स्थित जनशक्ति माध्यामिक बिद्यालयलाई सोमबार खेलकुद सामाग्री हस्तान्तरण गरेका छन् ।
सेतोखरी अनलाईन तथा सद्भाव दैनिकका सम्पादक समेत रहेका अध्यक्ष भण्डारीले बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच करिव ७० हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन् ।
खेलकुद सामाग्रीहरुमा ‘मिकासा’ कम्पनीको भलिबल ४ थान, फुटबल २ थान, भलिबस नेट २ थान, फुटबल नेट २ थान, ज्याब्लिङ्ग थ्रो २ थान, सटफुट २ थान, रनिङ शिल्ड डे«स २५ सेट, लुडो १० थान, र डोरी २० थान रहेका छन् ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका महासंघ अध्यक्ष भण्डारीले आफ्नो ब्यक्तिगत खर्चबाट बिद्यालयलाई सामाग्री उपलब्ध गराएको बताए । ‘खेलकुद सामाग्रीको अभाव भएको भनि बिद्यालयले आग्रह गरेपछि मैले आफ्नो ब्यक्तिगत तर्फबाट यि सामाग्री सहयोग गरेको हुँ,’ उनले भने । आफ्नो ठाउँको शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको सुधार गर्नका लागि आगामी दिनमा पनि सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
महासंघ अध्यक्ष भण्डारी राप्तीसोनारी गाउँपालिका वडा नम्बर–३ का स्थायी बासिन्दा हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुमाशंकर ओलीले खेलकुद सामाग्री नहुँदा आफ्नो बिद्यालय यसअघि रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनबाट बञ्चित भएको बताए ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक प्रमोद यादव, पत्रकार महासंघ बाँकेका सहसचिव हेमन्त चौधरी, खेलकुदकर्मी ऋषी पोखरेल, समाजसेवी डिल्ली ओली लगायतको पनि उपस्थिती रहेको थियो ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’