नयाँ बजेट लोककल्याणकारी छः भट्टराई


नयाँ बजेट लोककल्याणकारी छः भट्टराई

नेपालगन्ज : नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले सरकारद्वारा प्रस्तुत वार्षिक बजेट छरपष्ट नभई लोकल्याणकारी अवधारण अनुसार रहेको बताएका छन् ।

लोकप्रिय सन्देश दैनिकको छैठो वार्षिक उत्सवमा सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् । उनले गतवर्षको बजेटले समेटन नसकेको भावनालाई यसवर्षको बजेटले आशा देखाएको बताए ।

नेता भट्टराईले बैदेशिक सहायता नलिई कुनैपनि मुलुकले प्रगति गर्न नसक्ने भन्दै आन्तरिक परिचालन कमजोर भएको नेपालमा बैदेशिक सहायता वा ऋण आवश्यक पर्छ । उनले भने । प्रस्तुत गरिएको नयाँ बजेटले निजी क्षेत्रलाई प्रोत्साहनका साथै समाजवादका लागि सुशासन महत्वपूर्ण भएको भन्दै नेता भट्टराईले श्रमशक्तिलाई विदेश पलायन रोक्न खोजिएको बताए ।

नेता भट्टराईले प्रेस जगत स्वनियममा बस्नु पर्ने भन्दै गलत काम गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने विषय मिडिया काउन्सिल बिधेयकमा भएमा सदनले सच्चाउने उनले बताए । स्वस्थ, मर्यादित पत्रकारिता आवश्यक भएको भन्दै उनले तर नियन्त्रण गर्न नहुने बताए ।

Kanti Aarogya Hospital Nepalgunj

स्वनियममा बस्नुहोस, आचारसंहिता आफै बनाउनुस् उनले भने । लोकप्रिय सन्देशको छैंठो वार्षिक उत्सवमा आयोजित कार्यक्रममा स्थानीय शासन विज्ञ मिनबहादुर मल्लले बजेट र समाजवादको यात्रा विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमाथी राजनीतिशास्त्री डा. जनार्दन आचार्य, मधु रिजाल, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले टिप्पणी गरेका थिए । लोकप्रिय सन्देश दैनिकका प्रकाशक तथा सम्पादक गोविन्द आचार्यको अध्यक्षतामा आयोजित वार्षिक उत्सवमा विभिन्न निकायका ब्यक्तित्वहरुको उपस्थित रहेको थियो।