काँग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी


काँग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

नेपालगन्ज १ पुष: नेपाली काँग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार थापाले ३,०२३ र विश्वप्रकाश शर्माले १,९८४ मत पाएर निर्वाचित भएका हुन् ।

महामन्त्री पदका अरु उम्मेदवारमा डा. प्रकाशशरण महतले १,५५०, प्रदीप पौडेलले १,४०९, डा. मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत पाए । गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj