नेपालगन्ज १ पुष : नेपालगन्जलाई साक्षर नगर घोषणा गर्नका लागि अभियान सञ्चालन गरिने भएको छ । नेपालगन्ज उप–महानगरपालिकाले बिहिबार पत्रकार सम्मेलन गरि फागुन अन्त्यसम्म साक्षरता अभियान सञ्चालन गरि फागुन मसान्तमा नेपालगन्जलाई साक्षर नगर घोषणा गर्न लागिएको जनाएको छ ।
उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले अबको एकसाता निरक्षरहरुको तथ्यांक संकलन गरि ४५ दिने साक्षरता कक्षा सञ्चालन गरिने बताए ।
साक्षरता कक्षा सञ्चालनका लागि नगरभित्रका बाल विकास शिक्षकलाई परिचालन गरिने भएको छ । बाल विकास शिक्षकहरुलाई उप–महानगरपालिकाले साक्षरता कक्षा सञ्चालनका लागि आवश्यक सहजिकरण गरेको जानकारी दिदैँ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले साक्षरता अभियान निरन्तर सञ्चालनका लागि समेत पहल गर्ने बताए ।
नेपालगन्जमा १५ देखि ६० वर्ष उमेर समूहका हाल करिब १५ हजार निरक्षर रहेको अनुमान छ । उनीहरुलाई विशेष साक्षरता कक्षा सञ्चालन गरि सुचक पुरा गरेर साक्षर नगर घोषणा गर्ने तयारी गरिएको सुवेदीले बताए ।
उप–महानगरपालिकाका शिक्षा अधिकृत भिमबहादुर बुढाले साक्षर उप–महानगरपालिका घोषणाका लागि आवश्यक कार्ययोजना बनाएर अघि बढ्न लागिएको बताउँदै आम नगरबासी लगायत सबैपक्षको साथ र सहयोगको अपेक्षा गरिएको बताए ।
साक्षर नगरसँगै बाल विवाहमुक्त नगर घोषणा अभियान पनि सँगसँगै लैजान लागिएको उपमहानगरपालिकाले जनाएको छ ।
नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस नवलपरासीमा पल्टियाे, ६ जनाको मृत्यु
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति