नेपालगन्ज ११ पुष : स्थानीय सरकारले सामुदायिक बिद्यालयमा छात्राहरुको सहभागिता बढाउने प्रतिबद्धता जनाउँदै आएका छन् । छात्राहरुको सहभागिता बढाउनका लागि कार्यक्रम र बजेट पनि छुट्टाउँदै आएका छन् । तर, त्यसको प्रभावकारिता के कस्तो भएको छ भन्नेतर्फ भने खासै ध्यान दिइको राखेको देखिदैन ।
रुम टु रिड नामक गैह सरकारी संस्थाले आयोजना गरेको सामुदायिक विद्यालयमा पढ्ने छात्राहरु र नगरपालिकाका मेयर, उपमेयर तथा ईलाका प्रहरी कार्यालय प्रमुखसँग अन्र्तक्रिया कार्यक्रममा छात्राहरुले आफ्ना चासो र सरोकारका बिषयमा ध्यानाकर्षण गराएका छन् ।
महिनावारी भएका बेला पनि छात्राहरुलाई बिद्यालय जान सहज होस् भनेर उपलब्ध गराइएको सेनेटरी प्याडको गुणस्तर राम्रो नभएको, छात्रामैत्री शौचालय नभएको, शौचालयमा पानीको ब्यवस्था नभएको, प्याड प्रयोग गरि सकेपछि बिसर्जनको ब्यबस्था नभएको सरगरमाथा ज्ञान कुञ्ज माबिकी छात्रा तीर्थ कुमारी नकालले बताइन् ।
छात्राहरुले उठाएको सेनेटरी प्याड र शौचालयको समस्या अझैँ पनि कायमै रहेको बताउँदै कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले छात्रामैत्री शौचालय निर्माण र सेनेटरी प्याडको गुणस्तरमा ध्यान दिने प्रतिबद्धता जनाएकी छिन् । बिद्यार्थी हुँदा आफुले पनि यस्तै समस्या खेपेको बताउँदै उपमेयर चौधरीले छात्राहरुले उठाएको माग जायज भएको भन्दै सामुदायिक बिद्यालयहरुमा नगरपालिकाले छात्रामैत्री शौचालय निर्माण गरेको अहिलेको अवस्थामा सुधार गर्दै जाने बताइन् ।
मधेशी समुदायका अझै पनि बालबिबाह गर्ने चलन कायम रहेका कारण धेरै किशोरीहरुको बालबिबाह भई पढाइ छाड्ने गरेको बताउँदै श्रीराम माबिकी छात्रा लक्ष्मी पुनले बालबिबाह नियन्त्रण गर्न नगरपालिका र प्रहरीले के कस्तो प्रयास गरि रहेको छ भनेर नगरपालिका र प्रहरीसँग जवाफ मागेकी छिन् ।
नगरपालिकाका प्रमुख एलबी रावत र ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक ओमप्रकाश चौधरीले मधेशी र थारु सुमदायमा अझै पनि बालबिबाह समस्या भएको बताउँदै नियन्त्रणका लागि बिभिन्न गैह सरकारी संघ संस्था, बाल तथा किशोरी क्लबसँग सहकार्य गरेर नगरपालिका र प्रहरीले काम गरि रहेको बताए । उनीहरुले बालबिबाह हुँदै गरेको घटनाका बारेमा जन प्रतिनिधि र प्रहरीलाई खबर गरेर सहयोग गर्न पनि आग्रह गरेका छन् ।
त्रिभुवन माबिकी छात्रा प्रिती सुनारले शिक्षकले कक्षा कोठा मै छात्राहरुलाई नक्कली, बैंश आएको छ है भन्ने जस्ता शब्दहरु प्रयोग गरेर छात्राहरुको भावनामा चोट पु¥याउने गरेको बताउँदै नगरपालिकाका मेयर, उपमेयर र शिक्षा शाखा प्रमुखको ध्यानाकर्षण गराएकी छिन् ।
छात्राहरुले उठाएको प्रश्न गम्भीर भएको बताउँदै मेयर रावतले शिक्षकले बिद्यार्थीलाई गर्ने ब्यवहार राम्रो हुनु पर्ने बताउँदै छात्राहरुको भावनामा चोट पु¥याउने ब्यबहार गर्ने शिक्षकलाई कारबाही गर्ने प्रतिबद्धता जनाए ।
बिद्यालय जाँदा बाटोमा प्रहरी बिट नजिकै समुह बनाएर केटाहरुले आफुहरुलाई जिस्काउँदा पनि बिटमा डिउटीमा रहेका प्रहरी रमिते बन्ने गरेको भन्दै त्रिभुवन माबिका छात्राहरु प्रिती सुनार र निलम लम्सालले प्रहरीको ध्यानाकर्षण गराएका छन् ।
प्रहरी कै अगाडि पनि छात्राहरुले आफुहरुले सुरक्षित महसुस गर्नु पर्ने अवस्था नआउनु दुःखद् भएको बताउँदै ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक चौधरीले असुरक्षित महसुस भएको अवस्थामा प्रहरीलाई भेटेर जानकारी दिन वा प्रहरीको पैसा नलाग्ने फोन नम्बर १०० मा खबर गर्न प्रहरीले छात्राहरुलाई आग्रह गरे ।
प्रहरीलाई खबर गर्नुस् हामी गलत गर्नेलाई कारबाही गर्छाँै भन्दै प्रहरी निरीक्षक चौधरीले छात्राहरुलाई आश्वस्त पार्ने प्रयास गरेका थिए । अन्र्तरक्रिया कार्यक्रममा कोहलपुर क्षेत्रका सामुदायिक बिद्यालयका करिब २ दर्जन छात्राहरु सहभागि भएका थिए ।