नेपालगन्ज १४ पुष : माया प्रेम र स्नेह जोडिएपछि मन मस्तिष्क साथी त्यही हुन्छ । दुई जनाविचको सम्बन्ध सुमधुर प्रेम र मिलनसार साथीको रुपमा ।
मान्छेको सबैभन्दा नजिक परिवारका सदस्यहरु पर्ने गर्दछन् भने अर्को नजिक भनेको अति मिलनसार साथी । दुःख, कष्ट र खुसीमा संधै साथ दिने त्यही साथी नै हुन्छ । तर, साथी पनि फरक फरक प्रकृतिका हुने गर्दछन् ।
कोही आफनै गाउँ घर छिमेक समुदायमा संगै बस्ने पढ्नेदेखिको नजिकको साथी कोही भनेपछि युवा अवस्थामा साथी बनाउने गर्दछन् । यस्ता थुप्रै उदाहरणहरु रहेका छन् । ‘मित’ नाता भनेको सबै कुरामा साथ दिने र परिवारिक जस्तै बन्न पुग्छ । यस्तै दुई जना व्यवसायिक प्रतिष्ठित व्यक्तीले मित जेडेका छन् ।
बाँके डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी र व्यवसायी कालीकोट निवासी प्रेम बहादुुर महतराले विधिपुर्वक विशेष पुजाआजा गरि मित लगाएका छन् । नेपालगन्ज बागेश्वरी मन्दिरमा उनी दुबै जनाले आज पुजापाठ गरि मित लगाएर आत्मिय साथी बने । पहिलो पटक उनीहरुविच साथीको नाता शुरु भएको छ ।
शुभकालिका–८ कालीकोटका ५६ वर्षिय महतराले भने–‘म चौधरीजी लाई करिब १५ वर्षदेखि चिन्छु, धेरै पटक भेटघाट भएको छ, म एउटा राम्रो साथीको खोजीमा रहेको थिए । तर, चौधरीबाट म प्रभावित भएर सम्बन्धको नाता जोडेको छु । उनले साथीको नाता निस्वार्थ भावनाबाट उत्प्रेरित भएर नाता गाँसेको बताए ।
यता नरेन्द्र कुमार चौधरीले आफुलाई पहिलो पटक साथीको प्रस्ताव आएपछि मेलै सहज रुपमा स्वीकार गरेको बताए । मित जोडिएका दुबै जनाले साथीको नाता जीवन्त बनाउने प्रतिबद्धता गरेका छन् ।
नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस नवलपरासीमा पल्टियाे, ६ जनाको मृत्यु
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति