नेपालगन्ज १४ पुष : सरकारले भोलि पुस १५ गतेको तमु ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । केहीबेर अघिको मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।
गुरुङ समूदायले मनाउने तमु ल्होसारको अवसरमा सरकारले बिहीबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
२०७७ साल चैत ९ गते प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक विदा हुने चाडको सूचीमा थिएन । त्यो सूचनामा सम्बन्धित धर्म संस्कृती मान्ने समूदायलाई मात्रै विदा हुने भनी उल्लेख थियो ।