बाँकेका १६ हजार बढिले मतदाता नामावली दर्ता गराए


बाँकेका १६ हजार बढिले मतदाता नामावली दर्ता गराए

नेपालगन्ज १६ पुष : मतदाता नामावली संकलन अभियान अन्र्तगत बाँकेमा हालसम्म १६ हजार बढिले मतदाता नामावली दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार बाँकेमा हालसम्म १६ हजार बढिले मतादाता नामावली दर्ता गराएका हुन् ।

निर्वाचन कार्यालयले गत मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको थियो ।

मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका मतदाताहरुलाई लक्षित गरी बाँकेका सबै स्थानीय तहको केन्द्रमा १५ दिने अभियान स्वरुप पहिलो चरणमा खजुरा, नरैनापुर र बैजनाथ गाउँपालिकामा मंसिर १७ गतेदेखि पुष २ गतेसम्म र दोस्रो चरणमा डुडुवा, राप्तीसोनारी र जानकी गाउँपालिकामा पुष ४ गतेदेखि पुष १८ गतेसम्म दर्ता टोली खटाएर मतादाता नामवली संकलन भइरहेकोछ ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीका अनुसार कार्तिक मसान्तसम्म २ हजार १७५ जनाले मतदाता नामावली दर्ता गराएकाछन् । योसंगै बाँकेमा ३ लाख १९ हजार एक सय ७५ जनाले नाम दर्ता गराएकाछन् । तर, साउन १ गतेसम्म २ लाख ९४ हजार २१७ जनाले मतदाता नामावली दर्ता गराएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

निर्वाचन प्रमुख सुवेदीले भने–‘मतदाता नामावली संकलन अभियान प्रभावकारि भएको छ । मतदाता नामावली संकलन केन्द्रमा सर्वसाधरणको घुइँचो समेत लागेकोछ ।’ उनले अगाडी भने–‘दिनहुँ ५ सयका दरमा मतादाताले नामावली दर्ता गराइरहेकाछन् ।’

मतदाता नामावली संकलन अभियान भोली (पुष १८) शनिबार सकिन्छ । यद्यपी केन्द्रिय निर्देशनअनुरुप मतदाता नामावली दर्ता गराउन छुटेकालाई लक्षित गरि थप कार्यक्रम गरिने बताए ।’

उनले अगाडी थपे–‘नेपालगन्ज उपमहानगरपालिकाको हकमा जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला निर्वाचन कार्यालयबाट र कोहलपुर नगरपालिकाको हकमा ईलाका प्रशासन कार्यालय कोहलपुरबाट मतदाता नामावली सङ्कलनको कार्य नियमित रुपमा हुनेछ । अभियान अन्र्तगत मतादाता नामावलीमा नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागरिकहरुले आप्mनो सक्कल नागरिकता प्रमाणपत्र लिइ नाम दर्ता गराउन सक्नुहुनेछ ।’

‘मतदाता नामावली संकलन पश्चात सबै तथ्यांकलाई आयोगमा पठाइनेछ । सो क्रममा दोहोरो दर्ता भएको, नाम, मतदानकेन्द्र, ठेगाना लगायतका त्रुटि सच्चाइनेछ । यो प्रकृया पुरा गर्न महिनौ लाग्छ । त्यसपछि मात्र अन्तिम नामावली आउने र मतदाताको यकिन तथ्यांक भन्न सकिन्छ’ उनले भने–‘मतदाता नामावली संकलनका लागि बाँकेका स्थानीय तहबाट राम्रो साथ र सहयोग पाइयो । जनप्रतिनिधी, राजनीतिक अगुवा र बुद्धिजीविको सहयोगले मतदाता नामावली संकलन कार्य सहज बन्यो ।’

थप समाचार

डुडुवामा मतदाता नामावली संकलनको कार्य तिब्र