नेपालगन्जमा माघी मिलन गरिने


नेपालगन्जमा माघी मिलन गरिने

नेपालगन्ज १७ पुष : नेपालगन्जमा माघी मिलन कार्यक्रम गरिने भएकोछ । थारु समुदायको महान पर्ब माघको अवसरमा अगामी पुष २८ गते माघी मिलन कार्यक्रम गरिनेछ ।

थारु कल्याणकारिणी सभा नगरसभा नेपालगन्जले माघ मिलन कार्यक्रम आयोजना गर्न लागिएको नगरसभापति बासमति थारुले बताइन् । माघी मिलन कार्यक्रममा शुभकामना अदान–प्रदान तथा थारु संस्कृति झल्काउने, भेषभुषासहितको नाचगान गरिने थारुले बताइन् । कार्यक्रममा थारु मौलिक परिकारले अतिथिहरुको स्वागत गरिने उनले बताइन् ।

थारु कल्याणकारिणी सभा नगरसभा नेपालगन्जको मुख्य आयोजना र थारु पत्रकार संघ बाँके, थारु कर्मचारी संघ बाँके, थारु महिला सभा बाँके र थारु महिला बिकास केन्द्र बाँके लगायतको थारु समुदायसंग अबद्ध संघसंस्थाको आयोजनामा कार्यक्रम गर्न लागिएको हो ।

माघ महिना नजिकिँदै गर्दा थारु गाउँमा माघीको रौनकले छुदै गएकोछ । थारु समुदायको मौलिक पराम्पराको रुपमा रहेको नाचगान, खानपान तथा भेषभुषालाई शहर बजारसम्म प्रदर्शन हुनुका साथै पहिचान जोगाउन यो कार्यक्रमले टेवा पुर्याउने थारु कल्याणकारिणी सभा बाँकेका सभापति बिनोद थारु बताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

थारु समुदायको सबै भन्दा ठुलो पर्ब माघको रौनक बढाउन पनि माघी मिलन कार्यक्रमले सहयोग गर्ने थारुको भनाई थियो । थारु समुदायमा हराउँदै गएको पराम्परागत कलासंस्कृति, भेषभुषाको संरक्षण तथा सम्बर्धनमा सहयोग पुग्ने थारु कर्मचारी संघ बाँकेका अध्याक्ष जितबहादुर थारुले बताए ।

संस्कार र संस्कृतिको धनी समुदायको रुपमा चिनिने थारु समुदायको आग्रणी संस्थाको रुपमा रहेको थारु कल्याणकारिणी सभाले प्रत्येक बर्ष माघ मिलन कार्यक्रम गर्दै आएको छ ।

नगरसभापति बासमाति थारुको अध्यक्षतामा शनिबार नेपालगन्जमा बसेको बैठकमा जिल्ला सभापति बिनोद थारु, थारु कर्मचारी संघ बाँके अध्यक्ष जित बहादुर थारु, थारु महिला सभा बाँके अध्यक्ष ललिता थारु, समाजसेबी राजबहादुर चौधरी, थारु पत्रकार संघ बाँकेका कोषाध्यक्ष जोगेश्वर सिंह थारु, नगर सचिव शम्भु थारु, नगर सदस्यद्वय सिन्धु धर्कात्वा, बिष्णु चौधरीलगायतले छलफल गरी माघ मिलन कार्यक्रम भब्यरुपमा गर्ने निर्णय गरेका छन् ।