नेपालगन्ज २० पुष : नेपाल रेडक्रस सोसाइटी बैजनाथ उपशाखाको ११ सदस्यीय उपशाखा कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
उक्त कार्यसमितिको सभापतिमा प्रकाशचन्द्र चौधरी, उपसभापतिमा देवीकुमारी राना रोकाय, सचिवमा राजाराम शर्मा, कोषध्यक्षमा महावीर थारु, उपसचिवमा दीपेन्द्र गिरी, उपकोषाध्यक्षमा उत्सव राना, महिला सदस्यमा भूमिसरा राना, सदस्यहरुमा कपिलजंग शाह, जगतबहादुर घर्ती, भद्रबहादुर क्षेत्री र सूर्यनारायण थारु निर्विरोध निर्वाचित भएको नेरेसो बाँके शाखाका निर्वाचन अधिकारी तेजबहादुर सुवदीले जानकारी दिए ।
निर्वाचित कार्यसमितिलाई बधाई दिदै नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दिकीले मानवीय सेवामा स्वयंसेवाको भावनाबाट अभिप्ररित भई उपशाखामा सक्रियताका साथ काम गर्न आग्रह गरे ।
यस्तै नेपाल रेडक्रस सोसाइटी गंगापुर उपशाखाको १७ औ वार्षिक साधारण सभा मंगलवार नरैनापुर गाउँपालिका ६ गंगापुरमा सम्पन्न भएको छ ।
नेरेसो गंगापुर उपशाखाका कार्यबहाक सभापति शालिकराम साहुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नरैनापुर गाउँपलिकाका अध्यक्ष इस्तीयक अहमद शाह, विशिष्ट अतिथिमा नेरेसो बाँके जिल्ला कार्यसमितिका सदस्य यज्ञनारायण शर्मा र शसस्त्र प्रहरी गंगापुर युनिटका प्रहरी निरीक्षक वीरेन्द्र जिसी लगायतले उपशाखाको चौतर्फी विकासका लागि निरन्तर सहयोग रहने उल्लेख गरे ।
साधरण सभामा वार्षिक प्रगति र प्रस्तावित आगामी वर्षको कार्यक्रम सचिव सोहनलाल यादव र कोषाध्यक्ष विक्रम प्रसाद बर्माले आर्थिक प्रतिवेदन तथा आगामी वर्षको प्रस्तावित बजेट प्रस्तुत गरेका थिए ।
यसअघि रेडक्रस कुसुम उपशाखाको १९ औं वार्षिक साधारण सभा सोमबार कुसुममा सम्पन्न भएको छ ।
उपशाखा सभापति भिमार्जुन देवकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेरेसो बाँकेका उपमन्त्री तेजबहादुर सुवेदी, राप्तीसोनारी गाउँपालिका वडा नम्बर–१ का अध्यक्ष चन्द्रबहादुर ओली लगायतले शुभकामना ब्यक्त गरेका थिए । भने सभामा वार्षिक प्रगति र आगामी वर्षको प्रस्तावित कार्यक्रममा उपशाखा सचिव मोहन डाँगी र कोषाध्यक्ष विनोदकुमार शर्माले आर्थिक प्रतिवेदन तथा आगामी वर्षको बजेट प्रस्तुत गरेका थिए ।