शाहको एकल फोटो प्रर्दशनी हुदैं


शाहको एकल फोटो प्रर्दशनी हुदैं

नेपालगन्ज : पत्रकार तथा लेखक जयनारायण शाहको एकल फोटो प्रदर्शनी हुनेभएकोछ । अन्तरालको ब्यवस्थापनमा आगामी असार १५ र १६ गते नेपागन्जमा फोटो प्रदर्शनी गरिनेछ ।

प्रदर्शनीमा पत्रकार शाहले खिचेका उत्कृष्ट १ सय ११ फोटो राखिनेछन् । शाहद्वारा खिचिएका महत्वपूर्ण राजनीतिक घटनाक्रम, विशिष्ट व्यक्तित्वहरु, पर्यटकीय÷ धार्मिकस्थल, खेलकुद, जैविक विविधाता, रहनसहन, चाडपर्व, भेषभुषा, दैनिक जीवन, प्रकृति र वन्यजन्तु साथै खुसी र उत्साह झल्किने तस्वीरहरु प्रदर्शनीमा राखिने व्यवस्थापनको जिम्मा पाएको अन्तरालले जनाएकोछ ।

फोटो प्रदर्शनीका विषयमा बोल्दै शाहले भने–‘म व्यवसायिक फोटो पत्रकार होइन तर, जीवन र जगतलाई हेर्ने मेरो आफ्नै एङ्गल छ ।’ उनले भने–‘महत्वपूर्ण घटनाक्रमको साक्षी आफु बन्दा होस् या यात्राका दौरानमा गन्तव्यमा पुग्दा तस्वीर कैद गरिहाल्छु ।’

उनले पश्चिम नेपालमै पहिलोपटक गरिन लागेको एकल फोटो प्रर्दशनीले राष्ट्रिय राजनीतिको एउटा कालखण्ड झल्काउनुका साथै पर्यटकीय विकासमा समेत टेवा पु¥याउने अपेक्षा लिएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

एकल फोटो प्रदर्शनीलाइ भव्यता दिनका लागि तयारीमा जुटेका शाहले नेपालगन्जको कुन स्थानमा प्रर्दशनी गरिने हो त्यो टुंगो नलागेको बताए ।
अन्तरालको ब्यवस्थापनमा हुने एकल फोटो प्रदर्शनी २ दिन सम्म चल्ने छ । साथै प्रदर्शनीमा प्रवेश निःशुल्क रहनेछ । उक्त प्रदर्शनीमा व्यापक सहभागीता र सहकार्यकालागी अन्तरालले सवैलाई अनुरोध समेत गरेकोछ ।