नेपालगन्ज ८ फागुन : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वर्षको शैक्षिक शत्र जेठबाट शुरु गर्ने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले आगामी वर्ष जेठ १ गतेबाट २०७९ सालको नयाँ शैक्षिक शत्र शुरु गर्ने र सोही वर्षको चैत मसान्तसम्ममा शैक्षिक शत्र सक्ने निर्णय भएको जानकारी दिए ।
मन्त्रालयले आगामी वैशाख महिनामा कक्षा १ देखि १० सम्मका सबै तहका परीक्षा सक्नुपर्ने, नतिजा प्रकाशन पनि वैशाखमा गर्ने, आगामी शैक्षिक शत्रका लागि नयाँ विद्यार्थी भर्ना पनि वैशाखमा गर्ने र पाठ्यपुस्तकको व्यवस्थापन पनि वैशाखमा सक्ने निर्णय भएको छ ।
उनले स्थानीय तहले आफ्नो अनुकूलअनुसार कक्षा ८ को परीक्षा वैशाखमा नै सक्नुपर्ने निर्णय भएको जानकारी दिए ।
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे
च्याउ टिप्न जंगल गएका थिए कृष्ण, बाघले लग्यो ज्यान
‘बुद्ध सर्किट’मा नेपाल-भारत व्यावसायिक समझदारी