नेपालगन्ज ८ फागुन : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वर्षको शैक्षिक शत्र जेठबाट शुरु गर्ने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले आगामी वर्ष जेठ १ गतेबाट २०७९ सालको नयाँ शैक्षिक शत्र शुरु गर्ने र सोही वर्षको चैत मसान्तसम्ममा शैक्षिक शत्र सक्ने निर्णय भएको जानकारी दिए ।
मन्त्रालयले आगामी वैशाख महिनामा कक्षा १ देखि १० सम्मका सबै तहका परीक्षा सक्नुपर्ने, नतिजा प्रकाशन पनि वैशाखमा गर्ने, आगामी शैक्षिक शत्रका लागि नयाँ विद्यार्थी भर्ना पनि वैशाखमा गर्ने र पाठ्यपुस्तकको व्यवस्थापन पनि वैशाखमा सक्ने निर्णय भएको छ ।
उनले स्थानीय तहले आफ्नो अनुकूलअनुसार कक्षा ८ को परीक्षा वैशाखमा नै सक्नुपर्ने निर्णय भएको जानकारी दिए ।