जानकी गाउँपालिकामा वडा कार्यालयको भवन शिलान्यास


जानकी गाउँपालिकामा वडा कार्यालयको भवन शिलान्यास

नेपालगन्ज १३ फागुन : जानकी गाउँपालिकामा वडा कार्यालयको भवन शिलान्यास गरिएकोछ । भौतिक पूर्वाधार अभावमा सेवा प्रवाह गरिरहेको जानकी गाउँपालिका वडा नम्बर–६ को कार्यालयले आफ्नै भवन बनाउन लागेको हो । गाउँपालिकाको वडा नम्बर– ६ कैरातीपुर्वामा वडा कार्यालय भवन निर्माण गरिन थालिएको छ ।

शुक्रवार एक कार्यक्रमकाबीच गाउँपालिकाकी कार्यबाहक अध्यक्ष भुमीसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना, स्थानीय समाजसेवी तथा जग्गादाता रामगोपाल बर्माले संयुक्तरुपमा वडा कार्यालयको शिलान्यास गरे । साबिकको गनापुर गाविसका पूर्वअध्यक्ष रामगोपाल बर्माले निःशुल्क जग्गा दान गरेपछि वडा कार्यालय निर्माणको कार्य अघि बढेको वडाध्यक्ष सुरेश यादवले बताए ।

समाजसेवी वर्माले कार्यालय भवन निर्माणार्थ २ कठ्ठा जग्गा उपलब्ध गराएका हुन् ।

कार्यालय भवन निर्माणका लागि सोनाम कन्ट्रक्सन सिमिकोट हुम्लाले ठेक्का पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिए । भवन निर्माणपछि वडा कार्यालयबाट हुने सेवा प्रवाहमा सहज हुने प्रमुख प्रशासकीय अधिकृत रानाले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

शिलान्यास कार्यक्रममा बोल्दै कार्यबाहक अध्यक्ष भूमिसरा धितालले जनताले आफ्ना लागि काम गरिदिन निर्वाचित गरेपछि त्यही अनुरुप काम गरेको बताइन् ।

रानाका अनुसार, भवन निर्मानार्थ ६० लाख रुपैयाँमा टेण्डर गरिएकोमा सो कन्ट्रक्सनले भ्याटसहित ३६ लाख रुपैयाँमा टेण्डर पारेको हो । तीन कोठा एउटा हलसहितको सो भवन निर्माणका लागि कम्पनीसङ्ग एक वर्षको समयसीमा तोकिएको छ ।

शिलान्यास कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्य पदम धिताल, बाँके उपाध्यक्ष डिल्ली बिसी, जनप्रतिनिधि, वडाका कर्मचारी, विभिन्न राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।