गुलरिया(बर्दिया) १७ फागुनः नयाँ शिरा युवा क्लव बर्दियाले शिवरात्रिको दिन आश्रममा रहेका अशक्त तथा जेष्ठ नागरिकलाई खाना खुवाएको छ ।
नयाँ शिरा युवा क्लव गुलरिया बर्दियाले गुलरिया नगरपालिका वडा नम्बर–८ स्थित भादामा रहेको निलसागर सेवा आश्रममा बसेका अशक्त जेष्ठ नागरिकलाई एक दिनको खाना खुवाएको क्लवका अध्यक्ष प्रमोद चन्दले बताए ।
आश्रममा रहेका जेष्ठ तथा अशक्त नागरिकहरुलाई एक दिनको भएपनि क्लबकोतर्फबाट खाना खुवाएको र उनीहरुसँगै बसेर क्लबका पदाधिकारी अन्य अन्य आमन्त्रितहरुले पनि खाना खाएका थिए ।
क्लबका संरक्षक तथा समाजसेवि गेहेन्द्र ढकालले जेष्ठ नागरिक तथा अशक्त पनि यस देशको नागरिक भएको बताउँदै केहि सिक्ने र समाजमा सकारात्मक सन्देश दिनका लागी यस्ता खालका कार्यक्रमको आयोजना गरिएको बताए ।
क्लबले खानाका विभिन्न परिकार सामुहिकरुपमा खाएर शिवरात्री मनाएको जनाएको छ ।
नयाँ शिरा युवा क्लबले सामाजिक तथा मानविय सेवा, खेलकुद, रक्तदान कार्यक्रम तथा अन्य गतिविधि गर्दै आइरहेको छ । नयाँ शिरा युवाक्लवले पछिल्लो समय खेलकुद, सामाजिक र मानविय सेवामा अग्रसर बन्दै गएको छ ।
गुलरिया नगरपालिका वडा नम्बर–८ मा रहेको नीलसागर सेवा आश्रममा हाल १८ जना जेष्ठ नागरिक तथा असक्त व्यक्तिहरु रहेका छन् ।