ग्याल्पो ल्होसारमा सार्वजनिक बिदा


ग्याल्पो ल्होसारमा सार्वजनिक बिदा

नेपालगन्ज १८ फागुन : शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसारका अवसरमा सरकारले सार्वजनिक विदा दिएकोछ ।

यस वर्ष फागुन १९ गते (भोली) बिहीबार ग्याल्पो ल्होसार मनाइदैछ । शेर्पा समुदायको ल्होसारको अवसरमा गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी दिएकोछ ।

ग्याल्पो ल्होसारका अवसरमा सार्वजनिक विदा दिने मन्त्रिपरिषद्बाट यही फागुन १६ गते निर्णय भएको भन्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसस्थाहरुमा सार्वजनिक विदा दिने बताइएकोछ ।

सरकारले सबै खाले ल्होसारमा बिदा दिँदै आएको छ । ग्याल्पो ल्होसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो ।

Kanti Aarogya Hospital Nepalgunj

यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् ।

नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।