नेपालगन्ज १८ फागुन : शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसारका अवसरमा सरकारले सार्वजनिक विदा दिएकोछ ।
यस वर्ष फागुन १९ गते (भोली) बिहीबार ग्याल्पो ल्होसार मनाइदैछ । शेर्पा समुदायको ल्होसारको अवसरमा गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी दिएकोछ ।
ग्याल्पो ल्होसारका अवसरमा सार्वजनिक विदा दिने मन्त्रिपरिषद्बाट यही फागुन १६ गते निर्णय भएको भन्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसस्थाहरुमा सार्वजनिक विदा दिने बताइएकोछ ।
सरकारले सबै खाले ल्होसारमा बिदा दिँदै आएको छ । ग्याल्पो ल्होसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो ।
यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।
च्याउ टिप्न जंगल गएका थिए कृष्ण, बाघले लग्यो ज्यान
‘बुद्ध सर्किट’मा नेपाल-भारत व्यावसायिक समझदारी
हिम्लुङ हिमपहिरो-१५ जनाको शव भेटियो, अझै एकजना वेत्तपा
एक किलो सुनका गहना लिएर आउँदै थिइन्, रुपन्देहीमा पक्राउ परिन्
बर्दिया र कैलालीका उखु किसाउन कहिले पाउँछन्, पौने ३ करोड?
छुरा प्रहारबाट घाइते भए तर १७४ यात्रुको ज्यान जोगाए, अहिले विश्वभरि ‘हिरो’ भए यी पाइटल