सेवाग्राहीको गुनासो- यातायात कार्यालयमा विचौलियाको विगविगि यथावत


सेवाग्राहीको गुनासो- यातायात कार्यालयमा विचौलियाको विगविगि यथावत

नेपालगन्ज १८ फागुन : नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालयमा विचौलियाको विगविगि यथावत रहेको सेवाग्राहीले गुनासो गरेकाछन् । बास नेपालले यातायात व्यवस्था कार्यालयमा गरेको नागरिक गुनासो संकलनमा यस्तो पाइएको हो ।

नागरिकहरुको गुनासो संकलन गरि गुनासोहरु सुनुवाईको पहल गर्नका लागि बास नेपालले जन गुनासो संकलन गरेको बताएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

सो गुनासो संकलनमा ५० बढि सेवाग्राही सहभागि भएका थिए । उनीहरुले कार्यालयको काम प्रति व्यापक रुपमा गुनासो गरेका छन् । सेवाग्राहीहरुले समयमा स्मार्ड कार्ड नआएको, सेवा, सुबिधा प्रबाह गर्दा चरम ढिलाई हुने गरेको, टोकन प्रणाली लागु नहुँदा भनसुन, सोर्सफोर्स व्यापक रुपमा हुने गरेको, सवारी पार्किंङ्ग अस्तव्यस्त रहेको, शौचालय, पिउने पानीको व्यवस्था नभएको, नागरिक सहायता कक्ष नभएको, प्रतिक्षालयको व्यवस्था नभएको, सरसफाई नभएको, गुनासो सुनुवाई नुहुने गरेको गुनासो गरेका छन् ।

यस्तै सेवाग्राहीहरुले बिचौलियाहरुको बिगबिगि रहेको समेत गुनासो गरेका छन् । संकलित गुनासो समाधान गर्न सम्वन्धित कार्यालय लगायत जिल्ला प्रशासन कार्यालयमा बुझाईने बासले जनाएको छ । नागरिक गुनासो संकलन कार्यमा बासका स्वयंसेवकहरु गिता बिक, आशिष गिरी, सुबोधमान उदाश, रमिता शाह, शतिष मिश्रा, मञ्जु थापा मगर लगायतले गरेका थिए ।